नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो
२३ भदौ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ। लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ। कूल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर छ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका १३ उपसमूहको शेयर नै आज ओरालो लागेको छ। बैंकिङ ३१.९६, व्यापार ८२.०४, होटल तथा पर्यटन ६४.३५, विकास बैंक १५७.९७, जलविद्युत् ५३.३५, वित्त ९७.०५, निर्जीवन बीमा ३२८.८२, उत्पादन १८८.४३, अन्य ६३.३४, लघुवित्त ६७.६३, जीवन बीमा ४२१.३६, सामूहिक लगानी कोष ०.०९ र लगानी २.५३ बिन्दुले घटेको छ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै अरुण भ्याली हाइड्रोपावर २४ करोड ५१ लाख २३ हजार ६३८, स्वरोजगार लघुवित्त २४ करोड २१ लाख ६२ हजार ५६७, रिडी हाइड्रोपावर २३ करोड ६३ लाख ५८ हजार ५८९ र रैराङ हाइड्रोपावर २३ करोड ४६ लाख ४९ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। एक्सेल डेभलपमेन्ट बैंक ८.६०, रैराङ हाइड्रोपावर ८.३३, युनिभर्सल पावर ७.६४ र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ६.९८ प्रतिशतले कमाए।

त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी ६.०६, गुडविल फाइनान्स ५.४७, एनआइबिएल समृद्धि फण्ड एक ५.३३, सिभिल लघुवित्त ५.२९ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतले गुमाए। बुधबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार २८७ रुपैयाँ बराबर कायम भएको छ। रासस

लोकप्रिय
अर्को समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
१० भदौ २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।  

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।  

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ। कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ। सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो।

त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लाग्यो।

शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको छ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ बराबरको कारोबार भयो।

यस्तै रिडी हाइड्रोपावर रु पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी रु चार करोड ७४ लाख १९ हजार सात सय ८७, राधी विद्युत् कम्पनी रु चार करोड २८ लाख ४१ हजार छ सय ८९ र नेपाल दूरसञ्चार कम्पनी तीन करोड ९० लाख ५७ हजार आठ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कम्र्पोरेशन पाँच ९५, अप्पर हेवा खोला हाइड्रोपावर पाँच दशमलव ३८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव ९८, मल्टीप्रपोज फाइनान्स कम्पनी दुई दशमलव ९८ र समिट लघुवित्तका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन्।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर चार दशमलव ८८, कालिका पावर कम्पनी चार दशमलव ३९, ग्रीन डेभलपमेन्ट बैंक तीन दशमलव ८४, रिलायन्स फाइनान्स तीन दशमलव ७९ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन्। रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस