धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ। कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए।
कारोवार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ। व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ। व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ। यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ।
सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोवारका आधारमा आज एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो। त्यस्तै नबिल बैंक रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैंक रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ।
कारोवारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए।
नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए।
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।
कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एशिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए । यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।