अफगानिस्तानमा बढेको राजनीतिक द्वन्द्वका कारण समस्यामा परेको एक सय १८ नेपाली मंगलबार काठमाडौं फर्केका छन्। अमेरिकी अधिकारीहरूले उनीहरूलाई काठमाडौंसम्म आउने व्यवस्था मिलाएका हुन्। अघिल्लो दिन उनीहरूलाई अफगानिस्तानको राजधानी काबुलबाट उठाएर कतारको दोहा हुँदै कुवेत पुर्याइएको थियो। कुवेतबाट काठमाडौंबाट ल्याइएको हो।
उनीहरूसँगै नौ भारतीय नागरिक पनि फर्केका छन्। उनीहरूलाई अमेरिकी सेनाले चार्टर्ड विमानमार्फत कुवेत पठाएको हो। उनीहरू जजिरा एयरमार्फत काठमाडौं आएका हुन्। अफगानिस्तानमा दुई वर्ष काम गरेर फर्किएका प्युठानका लालबहादुर पुन मगरले त्यहाँको अवस्था नाजुक रहेको बताए।
उनले अफगानिस्तानको अवस्था डरलाग्दो भए पनि अमेरिकी राजदूतातास लगायत नियोगमा काम गर्ने नेपालीलाई त्यति धेरै समस्या नरहेको बताए। युरोपेली युनियन लगायतका राजदूतावासमा काम गर्नेलाई पनि धेरै समस्या नहुने उनको अनुमान छ। अमेरिका लगायत मुलुकले आफ्ना नागरिक र नियोगमा काम गर्नेलाई घर फर्काउन सुरु गरिसकेका छन्।
उनले नियोगबाहेक अन्यत्र काम गर्नेलाई भने समस्या हुन सक्ने बताए। ‘अमेरिकी लगायत राजदूतावासमा काम गर्नेलाई खासै समस्या नपर्ला,’ उनले भने, ‘तर सिभिलमा काम गर्नेलाई जोखिम हुन सक्छ।’ खासगरी अवैधानिक तवरले बसेकालाई उद्धारमा समस्या पर्न सक्ने अफगानिस्तानबाट फर्केकाले बताएका छन्। उनले पुनः रोजगारीका लागि अफगानिस्तान नजाने बताए।
राजधानी काबुलदेखि केही टाढा काम गर्ने पुन मगरलाई हेलिकोप्टरमा हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर दोहा पुर्याइएको थियो। उनले अमेरिकी नियोगमा काम गर्नेमध्ये अझै केही फर्कन बाँकी रहेको बताए। ‘त्यहाँ भएका जति सबैलाई फर्काउने काम भइरहेको छ,’ उनले भने, ‘सायद चाँडै सबै सकुशल घर फर्कनुहोला।’
अफगानिस्तानस्थित अमेरिकी राजदूतावासमा करिब पाँच सय नेपाली कार्यरत रहेको उनले बताए। सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार तथा समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएको छ।
विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि रोजगारीको लागि त्यहाँ पुगेका नेपाली जुन जहाज पाइन्छ, त्यसैमा फर्कने गरेका छन्। ‘सकेसम्म नेपालबाटै जहाज आओस् भन्ने हाम्रो चाहना छ,’ क्यानेडियन राजदूतावासमा काम गर्दै आएका एक नेपालीले फोन सम्पर्कमा भने, ‘तर अहिलेसम्म जहाज आउने/नआउने टुंगो छैन।’ अन्य देशका सरकारले आफ्ना नागरिकलाई फर्काउन थालेको उनको भनाइ छ।
नेपालबाट जहाज नआए जसको जहाज पाइन्छ, त्यसैमा फर्कने तयारी गरिएको उनको भनाइ छ। मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरे पनि कहिलेदेखि उद्धार सुरु गर्ने भन्ने टुंगो लागेको छैन। राजधानी काबुलसमेत विद्रोहीले कब्जा गरेपछि त्यहाँबाट बाहिरिनेको संख्या निकै बढेका कारण विमानस्थल अस्तव्यस्त रहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता लैजान हवाई उडान गरिरहेको छ। जसका कारण काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा रहेको बताइएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले अहिलेसम्म नेपालका दुई म्यानपावरले मात्र श्रम स्वीकृति लिएर अफगानिस्तानमा कामदार पठाएको खुलेको बताए। ‘तीमध्ये एफएसआई म्यानपावरले पठाएका तीन सय ३० नेपाली कतार पुगिसकेका छन् भने अर्को युनिभर्सल म्यानपावरले पठाएका चार सय ३७ नेपाली काबुल विमानस्थलमा जहाज कुरिरहेका छन्,’ उनले भने, ‘उद्धारका लागि विभागको भन्दा परराष्ट्र मन्त्रालयको भूमिका बढी हुन्छ।’
विभागका अनुसार २०७६ देखि हालसम्म अफगानस्तिान जान संस्थागत र व्यक्तिगत गरी दुई हजार एक सय २२ नेपालीले श्रम स्वीकृति लिएका छन्। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले श्रम स्वीकृति लिएकामध्ये कति फर्केको र कति अफगानिस्तान छन् भन्ने यकिन हुन नसकेको बताए।
परराष्ट्रका अधिकारीहरू अझै अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गर्छन्। नेपालीहरू अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका विभिन्न कार्यालय, अमेरिकी, बेलायती तथा क्यानेयिडन राजदूतावासमा सुरक्षा गार्डको काम गर्ने गर्छन्। कतिपय नेपालीले विदेशी सेनाको सहयोगीको रूपमा पनि काम गर्ने गरेको विभागले जनाएको छ। विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार लगायत काम गर्न परराष्ट्र मन्त्रालयको भूमिका बढी हुने विभागका अधिकारीहरू बताउँछन्।
काबुलमा रहेका एक नेपालीले त्रास फैलिएका कारण सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेका छन्। ‘घर परिवार निकै तनावमा छन्,’ उनले भने, ‘हामी पनि कुन बेला के हुन्छ भन्ने सक्ने अवस्थामा छैनौं।’ सरकारको मदत यस्तै अप्ठेरो परेको बेला चाहिने उनको भनाइ छ। अमेरिकी दूतावास पूरै खालि नभएकाले अझै नेपाली सुरक्षित रहेको उनले बताए। ती नेपालीले हालसम्म पाँच सय जति नेपाली फर्केको बताए। त्यस्तै घर बिदा गएका कतिपयलाई पुनः जागिरमा नआउन भनेर खबर गरेको उनको भनाइ छ।
सन् २००४ मा रोजगारीका लागि इराक पुगेको १२ नेपालीको विद्रोही समूहले कब्जामा लिएर हत्या गरेपछि काठमाडौंमा हुलदंगा भएको थियो। त्यतिबेला कैयौं म्यानपावरका कार्यालय जलाइएका थिए। चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीहरू विद्रोही समूहको एम्बुसमा परेपछि केही समय रोकिएको त्यहाँको रोजगारी दुई वर्षअघि पुनः सुरु भएको हो।
अफगानिस्तान जानेलाई विभागले दुई वर्षको श्रम स्वीकृति दिने गर्छ। दुई वर्षको श्रम स्वीकृति गुजारेर पनि नफर्केमा उनीहरूको बसाइँ गैरकानुनी मानिन्छ। असुरक्षित स्थानमा काम गर्ने भएकाले अफगानिस्तानमा काम गर्ने नेपालीको मासिक पारिश्रमिक कम्तीमा एक हजार अमेरिकी डलर हुने गरेको बताइन्छ। अफगानिस्तान जानेमा धेरैजसो सुरक्षा निकायमा काम गरेका हुने गर्छन्।
कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् । समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।
विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार
कोरोनाको संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार एक सय आठ जना नेपाली स्वदेश फर्किसकेका छन्।
शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।
४० जनाको शव पनि ल्याइयो
यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० शव नेपाल ल्याइएको हो ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको संघले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरूको अन्त्येष्टि र व्यवस्थापनका लागि संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको बताइयो । रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।