पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी
२५ साउन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी

सरकारले खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति सार्वजनिक गरेको छ। तर पर्यटन सम्बद्ध व्यवसायीले भने खोप सुनिश्चित गर्न माग गरिरहेका छन्।सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभाव पारेको भन्दै व्यवसायीले न्यूनतम साझा कार्यक्रमले पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेमा ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन्। कारोनाले पारेको प्रभाव कम गर्न सरकारले राहत र सहुलियतका कार्यक्रम नल्याउँदा पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेको अनुभूति भएको व्यवसायीको गुनासो छ। कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको पर्यटन क्षेत्रलाई अझै खोप सुनिश्चित नभएको जनाउँदै व्यवसायीले समस्यालाई गम्भीरताका साथ लिन आग्रह गरेका छन्।

पछिल्लो समय हिमाली पर्यटन क्षेत्रमा केही आशा देखिए पनि पर्यटन मजदुरलाई खोपको व्यवस्था नहुँदा पुनः पोहोर कै गति हुने देखिएको व्यवसायीको भनाइ छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको बसन्त सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्या हेर्दा केही आशा पलाएको थियो। तर सरकार गैरजिम्मेवार बन्दा आगामी सिजनमा समेत आरोहण चलायमान हुन नसक्ने व्यवसायीको आकलन छ। सरकारको आगामी सिजनलाई ध्यानमा राखेर पर्यटन व्यवसायी र मजदुरलाई खोपमा प्राथमिकता दिनुपर्नेमा कानमा तेल हालेर बसेको उनीहरूको भनाइ छ।

पछिल्लो समय नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल, होटल एसोसियसन अफ नेपाल लगायत संस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोपलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कोरोनाअघिका वर्षमा आगामी सिजनको लागि विदेशबाट दैनिक होटल बुकिङ तथा आरोहण र पदयात्राका लागि बुकिङ तथा चासो बढ्दै जाने गरेकामा हालको क्वारेन्टिन र सरकारको फितलो कार्यविधिका कारण यो वर्ष समेत नेपाललले लाखौं पर्यटक गुमाउने व्यवसायीको चिन्ता छ।नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसामा समस्या र क्वारेन्टिन बस्नुपर्ने प्रावधान कायम रहेकाले सुधार नहुने उनीहरूको चिन्ता छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा खोप उपलब्ध नहुँदा कोभिड संक्रमणबाट नेपालको हिमाली पर्यटन सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन नसकिएको बताउँछन्।सरकारले आरोहणलाई चलायमान बनाउन चासोे नदेखाएको भन्दै सरकार विस्तार र मन्त्रालय बाँडफाँटमा अल्झिनु नेपाली पर्यटकका लागि विडम्बना रहेको उनको भनाइ छ।

‘लाखौं खर्चेर आउने विदेशी नेपाल भ्रमण सुरक्षित छ भन्ने पक्का नहुन्जेल आउने कुरा हुँदैन,’ उनले भने, ‘यसअघि विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने सरकारी मापदण्ड रहे पनि कयौं विदेशी खुलेआम डुल्न हिँडेका उदाहरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्र बदनाम बनिसकेको छ।’

एउटा पर्यटक विमानस्थलबाट भित्र छिर्नेबित्तिकै कयौं नेपालीका लागि रोजगारी सिर्जना हुन्छ। तर सरकारसँग पर्यटनसँग सम्बन्धित कसले खोप पायो, कसले पाएन भन्ने तथ्यांक समेत नहुँदा पर्यटक नेपाल आउन डराइरहेको उनको भनाइ छ। 

लोकप्रिय
अर्को समाचार
अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने
०४ भदौ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापान सरकारले नेपाललाई १६ लाख १४ हजार सात सय ४९ डोज कोरोनाविरुद्वको खोप उपलब्ध गराउन लागेको हो। हाज जापानले उपलब्ध गराएको अस्ट्राजेनेका खोप अभियान जारी छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस