बजारमा सुनको मूल्य आज प्रतितोला २ हजार ३ सयले घटेको छ। पछिल्ला केही दिनमा लगातार घट्दै गएको सुनको मूल्य आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९३ हजार कायम भइ कारोबार भइरहेको जनाएको छ।
शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ रहेको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ५ सय रहेको छ। आज प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ७० रहेको छ। त्यस्तै शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको महासंघले बताएको छ।
काठमाडौं–अमेरिकी राष्ट्रपतिको निर्वाचनले सुनको बजार उथलपुथल भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
डलर कमजोर हुनासाथ बुधबार सुन ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो। चाँदी पनि तोला १० रुपैयाँ घटेर ८ सय ४५ बाट घटेर ८ सय ३५ रुपैयाँमा झरेको छ । बुधबार २० रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँ पुगेको थियो । ट्रम्पले आफ्नो विजयी सम्बोधनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धताले लगानीकर्ताहरु ढुक्क भएकाले डलर बलियो हुने संकेत देखिएपछि सुनको मूल्य घटेको हुन सक्ने सुन व्यवसायीले टिप्पणी गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।