बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार ३ सयले घटेको छ। पछिल्ला केही दिनमा लगातार बृद्धि भएको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारको तुलनामा एक हजार ३ सयले कम हो। छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३ सय रुपैयाँले घटेको छ। यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ। प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० रुपैयाँ मूल्य निर्धारण भएको छ। रासस
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
त्यस्तै,तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।