स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढ्दै गएको छ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री सडकखण्डका सडककै दुवैतर्फ फलफूल तरकारी र बच्चाका खेलौना राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए।
चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भीडभाड अनि आपराधिक गतिविधि हुनसक्ने आशङ्का रहे पनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरी प्रमुख दोङले बताए।
अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला, सडकपेटीमा पसल सञ्चालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ। स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदलयात्रा गर्नसमेत कठिनाइ भएको पैदलयात्री महेन्द्र महतोले बताए।
लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत सडकपेटीका पसलेहरू, रिक्सावालाले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ। नगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताए। उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए। रासस
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्। एकसरो गतिलो कपडाको चाहना चाडपर्वमा पूरा हुन्छ। एकोहोरो कामले थाकेकाहरूका निम्ति मनोरञ्जन मिल्छ। यस अर्थमा नेपालका प्रत्येक चाडपर्व महोत्सव हुन्। जसले सबैलाई पुनर्ताजगी गराउँछन्। अझ सबैभन्दा मुख्य कुरा यिनले संस्कृतिको जगेर्ना गर्छन् र सनातनी गतिविधिलाई निरन्तरता दिन्छन्। त्यसैले हाम्रा पर्व महान् छन्। अनुशरणीय छन्।
तर पछिल्लो समय यस्ता पर्वका नाममा भइरहेका विकृति टाउको दुखाइ बन्न पुगेका छन्। भर्खरै सकिएको फागु पर्वका क्रममा भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यानै गएको छ। अर्कोतर्फ कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता छन्। अन्यत्र पनि झडपका दर्जनौँ घटना भएका छन्। जसले फागु पर्वलाई विकृत तुल्याउँदै लगेको प्रष्ट हुन्छ।
फागु आपसमा रङ दलेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ। तर आफू–आफूबाहेक अपरिचितलाई पनि इच्छाविपरित रङ दल्ने, उसका कपडा र शरीर बिटुल्याइदिने, पानी खन्याइदिने, रङ हालिएका बेलुन, प्लास्टिक आदि पोका प्रहारबाट कतिपय अवस्थामा घाउचोट लगाइदिने जस्ता कामसमेत यतिबेला हुँदै आएका छन्। त्यति मात्र हैन, मादक पदार्थ सेवन गर्ने, ठूलो ठूलो स्वरमा संगीत बजाएर अरूलाई अवरोध पुर्याउने जस्ता काम हुने गरेको छ। हेलमेट नलगाइ मोटरसाइकल चलाउने, चार–पाँच जना चढ्ने, तीव्र गतिमा कुदाउने गतिविधिसमेत फागु पर्वका बेला हुने गरेका छन्। यस्तै कार्य गरेको अभियोगमा दुई सय ७७ जना पक्राउ पर्नुले पनि विकृतिको आकार कति ठूलो छ भन्ने थाहा पाउन सघाउँछ।
पर्व मनाउन पाइन्छ। यो अधिकारकै कुरा हो। तर आफूले कुनै पनि अधिकार प्रयोग गर्दा अरूलाई अवरोध पुर्याउन पाइन्न भन्नेचाहिँ थाहा नहुनु विडम्बनाकै कुरा हो। पर्वमा सामेल नभएकालाई जबर्जस्ती गर्नु, होहल्ला मच्चाउनु, रिसइवी फेर्ने मौकाका रूपमा दुरूपयोग गर्नु, मौलिकता रक्षा गर्नुको बदला हिंसात्मक र भयमय बनाउनु दुःखद पक्ष हुन्। जसले हाम्रो चेतनाको स्तर झन् झन् खस्केको प्रमाणित गर्छ भने पर्वहरूप्रति पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना गराउँछ।
मौलिकता हाम्रो सम्पदा हो। संस्कृति हाम्रो पहिचान हो। जात्रा, पर्व र मेला÷भेला हाम्रा संस्कार हुन्। यस्ता सम्पदा र संस्कार सबै शिक्षाप्रद् छन् जसबाट केही न केही शिक्षा अनुशरण गर्न सकिन्छ। हाम्रा पुर्खाले सुरु गरेका कुनै पर्व यस्ता छैनन् जसमा सिक्नलायक कुरा नहुन्। ती स्वास्थ्य, सफासुग्घर, अनुशासन, ममता र सम्मानसँग कुनै न कुनै रूपमा जोडिएकै छन्। मात्र यिनलाई अनुशरण कसरी गर्ने भन्ने विषय फरक हो। तर हामीले यी पक्षमा भन्दा पर्वलाई तडकभडक बनाउन बढी ध्यान दियौँ जसका कारण माथि उल्लिखित दुर्घटना हुन पुगे। यसले पक्कै पनि समाजमा राम्रो सन्देश गएको छैन।
पर्वहरूलाई निरन्तरता दिनुको मतलब यी कालजयी रहून् भन्ने पनि हो। प्रत्येक नयाँ पुस्ताले यसलाई आत्मसात गरुन् भन्ने पनि हो। अनि यसका राम्रा पक्षबाट भरपुर फाइदा लिन सकून् भन्ने पनि हो। यस्तो कार्यले नेपालीपनलाई युगौँसम्म जीवित राख्न सक्छ। तर पछिल्लो समय पर्व मनाउने नाममा जे÷जस्ता हर्कत भइरहेका छन्, ती भत्र्सनायोग्य छन्। यस्ता घटनामा संलग्नले आफूलाई त डुबाए डुबाए, अन्यलाई पनि पीडा दिएका छन्। र, समग्रमा पर्वप्रति नै वितृष्ण फैलाउन मद्दत गरेका छन्। यो कार्य कुनै पनि दृष्टिकोणबाट सही मान्न सकिन्न।
नेपाल यस्तो मुलुक हो जहाँ वर्षको तीन सय ६५ दिन नै कुनै न कुनै पर्व परिरहेका हुन्छन्। कुनै दिन यस्तो हुन्न जुन दिन कुनै न कुनै जातको, कुनै न कुनै धर्मावलम्बीको, कुनै न कुनै भूगोलमा जात्रा÷पर्व परेको नहोस्। त्यसैले विशेषगरी यस्ता पर्वका नाममा हुन सक्ने विकृति तथा दुर्घटनाबाट सबैलाई सुरक्षित तुल्याउन र स्थिति भड्किन नदिन सुरक्षा निकायबाट यस्ता पर्वको तिथिमितिअघि नै आवश्यक तयारी गर्नु आवश्यक छ। घटना सुरक्षा निकायसँग मात्र सम्बन्धित छैन। पर्व मनाउनेहरूले पनि आफ्नो अधिकार प्रयोग गर्दा संयम अपनाउनु उत्तिकै आवश्यक छ। त्यसबाहेक पर्व मनाउने तरिका, यस क्रममा हुन सक्ने घटना र त्यसमा संलग्न भएमा हुने कारबाहीबारे अग्रिम जानकारी गराउन पनि उत्तिकै आवश्यक छ। खासमा यो राज्यको दायित्व पनि हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।