अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ।
गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज एक लाख ५० हजार आठ सय रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। रासस
नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ।
आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।