स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ।
सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।
स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) ६ हजार ९०० रुपैयाँ बढेर कारोबार हुँदैछ।
महासंघका अनुसार सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो।
यो मूल्य अहिलेसम्मकै धेरै हो। अर्कोतिर, आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।