स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।