ललित विष्ट
अस्पताल खुल्यो, बिरामी आएनन्
कालिकोट सदरमुकाम मान्मामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको सरुवा रोग अस्पताल छ। अस्पतालमा १९ जना कर्मचारी छन्। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिरमा उद्घाटन गरेको यो अस्पतालमा बिरामी भने आउँदैनन्।
बुवाको मृत्यु भयो, आमाले दोस्रो बिहे गरिन्, तीन बालकको बिचल्ली
गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको छ।
दुई पटक शिलान्यास भयो, काम सुरु भएन
सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठक्का संझौता पनि भयो। संझौताको एक वर्षमा दुईपटक सडकको शिलान्यासबाहेक केही काम भएको छैन।
स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।
उम्मेदवार बन्न दल अदल बदल
खासगरी कर्णालीमा पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका स्थानीय नेताहरु टिकट नपाएपछि अर्को दलमा प्रदेश गरेर उम्मेदवार बनेका छन्।
सडक खनियो तर स्तरवृद्धि भएन
सदरमुकामसँग जोडिएको खाँडाचक्र नगरपालिकाले पाँच वर्षमा ८५ किलोमिटर ग्रामीण सडक निर्माण गर्यो। तर कालोपत्रे र स्तरवृद्धि नहुँदा समस्या हुने गरेको छ।
दुर्गममा आउनै मान्दैनन् कर्मचारी
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्रांकित द्वितीय श्रेणी उपसचिव १०औं तहको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अहिले कालिकोटका स्थानीय तहहरूमा निमित्तले चलाउने गरेका छन्।
Loading...