खगेन्द्र अधिकारी
सत्ता साझेदार दलका नेताबाटै सरकारकाे चर्काे अालाेचना
राष्ट्रिय प्रजातन्त्र पाटीका सहायक महामन्त्री भुवन पाठकले बर्तमान सरकारले परराष्ट्र नीति असामान्य बनाएको आरोप लगाएका छन्।
सत्ता साझेदार दलकै नेताले सरकारको आलोचना गर्दै परराष्ट्र नीति कमजोर हुुुँदा नेपाल र नेपाली माथि खतरा बढ्ने तर्फ सचेत हुुनुुपर्ने पनि बताए। नेस्नल डेमोक्र्याटिक इन्स्टिच्युुट(एनडिआई) को सहयोगमा राप्रपा केन्द्रीय प्रशिक्षण बिभागले बुधवारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा आयोजना गरेको कार्यक्रममा पाठकले यस्तो बताएका हुुन्।
पहिरोले चार परिवार विस्थापित
घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन्। आइतबार नाल्बुु गाविस– ५ मा पहिरो झर्दा श्यामबहादुर साँवा, समिर नाल्बो, सन्जमान श्रेङ चोङवाङ र मनिहाङ श्रेङ चोङवाङको परिवार विस्थापित भएका हुन्।
तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति
ताप्लेजुङका दुुई निर्वाचन क्षेत्र जोड्ने तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति १ बजेर ३५ मिनेट जाँदा यो पुुल नदीले बगाएको स्थानीय हरि काफ्लेले जानकारी दिए। ‘नदीमा पानी बढेको सुुनेपछि हामी पुुललाई असर गर्लाकी भनेर हेर्न गएका थियौं’ यही बेला पुुल बगायो,’ पुल बगाएको देखेका उनले भने।
धान रोप्ने क्षेत्र बर्सेनि घट्दै
ताप्लेजुङ–‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला...’
हत्यारा नजिक प्रहरी
ताप्लेजुुङका व्यवसायी लालबहादुर खड्काको हत्या अनुसन्धान गरिरहेको प्रहरी टोली अन्तत घटनाको तथ्य नजिक पुगेको छ ।
हत्याका अभियुुक्त चाँडो पत्ता लगाउन जनदबाव झेलिरहेको प्रहरीले तथ्य नजिक पुुगेको संकेत गरेको हो। ‘घटनाको तथ्य नजिक पुुगेका छौं ’केही दिनपछि हामी यसको बिवरण सार्वजनिक गर्ने गर्ने तयारीमा छौं,’प्रहरी स्रोतले भन्यो।
Loading...