नक्कली ऋणी बनाएर १८ करोड हिनामिना
देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
१५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा: सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको १५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। नेपाल प्रेस युनियन दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘अबको १० देखि १५ दिनभित्रमा तिन तहको निर्वाचन गर्नेगरी मिति घोषणा हुन्छ ।’
ढुक्क हुनुस्, थारुको पहिचान खोसिन्नः मन्त्री महत
-परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए।
सबै असन्तुष्टि सम्वोधन हुन्छन्: सभामुख
सभामुख ओनसरी घर्तीले संविधानप्रति असन्तुष्ट हरेक समुदाय वा समूहको माग तत्काल सम्वोधन हुने दाबी गरेकी छन्। यी माग सम्वोधन भएपछि संविधान कार्यान्वयनका लागि बाटो सहज हुने उनको भनाइ छ।
हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा
माओवादी केन्द्र त्यागेर राप्रपा राजनीतिमा प्रवेश गरेकी नायिका रेखा थापाले प्रत्यक नारीलाई ‘हिम्मतवाली’ बनाउने आफ्नो राजनीतिक मिशन भएको बताएकी छिन्।
गौ हत्याको बिरोधमा मध्यपश्चिम बन्द
कैलालीमा गौ हत्या गरिएको भन्दै त्यसको विरोधमा मध्यपश्चिम बन्द आह्वान गरिएको छ। विभिन्न हिन्दूवादी संघ संगठनले गौ हत्याको छानविन गरि दोषी माथि कारवाहीको माग गर्दै मध्यपश्चिमका सबै जिल्लामा बन्द आह्वान गरेका हुन्। ती संगठनहरुले कैलालीमा १ सय २० गाई गोरु मारिएको जनाएका छन्।
बस दुर्घटनामा ३ जनाको मृत्यु
दाङमा बिहीबार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन् । घोराहीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७७६ नम्बरको बस घोराही लमही सडक खण्डको मसोट खोला भन्ने स्थानमा पल्टिएको हो।
प्रलाेभन देखाएर थारु समुदायमा धमाधम धर्म परिवर्तन
पछिल्लो समयमा थारु समुदायमा अत्यधिक फड्को मारेको इसाई धर्म यहाँका हरेक थारु बस्तीमा छिरिसकेको छ। यहाँ सम्मकी यो धर्मका गुरु बनेरसमेत थारु समुदायकै नागरिकले चर्च हाँकिरहेका छन्। थारु समुदायमा बढ्दो इसाईकरणले यो समुदायका अगुवाहरु नै अचम्मित छन्। उनीहरु भन्छन्, ‘सोझा साझा थारुलाई लोभ देखाएर धमाधम क्रिश्चियन बनाइएको छ।’
महिला सिटमा बस्दा पक्राउ !
सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
Loading...