देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
राजनीति Clock | देवेन्द्र बस्नेत ४ मिनेट पाठ
रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह
पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावका बिरोधमा रोल्पा र प्युठानमा आन्दोलन जारी छ। मंगलबार पनि यि दुबै बजार बन्ददेखि नमुना जनमत संग्रह गरिएका छन्। चार नम्बर प्रदेशमा गाभ्ने प्रस्तावको बिरोधम रोल्पाको सुलीचौर बजार बन्द गरिएकाे छ। दिउँसो १ बजेदेखि बेलुका सम्म सरकारी प्रस्तावको बिरोध गर्दै स्थानीय व्यापारिहरुले स्वस्फुर्त बजार बन्द गराएका हुन्।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत १ मिनेट पाठ
पेट्रोल पम्पमा आगलागी
देउखुरी लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार राति लमहीस्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो। आगलागीबाट पेट्रोल, मोबिल, डिजेल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत १ मिनेट पाठ
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । त्रिपुर नगरपालिका १० निवासी राप्रपा सकृय सदस्य केशरवहादुर शाहको आज विहान ६ वजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत १३ मिनेट पाठ
अस्पतालको उपचारमा अविश्वास
गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो ।
Whatsapp
अन्य Clock | देवेन्द्र बस्नेत १२ मिनेट पाठ
विषादी प्रयाेग गरी मारिए १८ लाखका माहुरी
स्थानीय किसानले माहुरी पालन व्यवसायमा लगाएको सिण्डिकेट तोड्दै चितवनबाट चराउन दाङ ल्याइएका १८ लाख रुपैयाँ रकम बराबरका माहुरी विषादी प्रयोग गरेर मारिएका छन्। मह उत्पादनको पकेट क्षेत्र दाङमा चराउनका लागि ल्याइएका चितवनका दुई कृषकका ७५ घार माहुरी बिषदी प्रयोग गरी मारिएको हो। पीडितले व्यक्तिगत रिसिइबीका कारण माहुरी मारिदिएको दाबी गरेका छन्।
Whatsapp
राजनीति Clock | देवेन्द्र बस्नेत ३ मिनेट पाठ
महाअभियोग बिषयमा कांग्रेस ‘न्यायाधीश’: नेता महत
कांग्रेस नेनेपाली ता रामशरण महतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रकरणमा कांग्रेस ‘न्यायाशीस ’ का रुपमा रहेकाले सुझबुझका आधारमा मात्रै फैसला गर्ने बताएका छन्। उनले यो बिषयमा छानविन गर्न बनाइएको संसदीय समितिको प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो धारणा ल्याउने बताए।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत १ मिनेट पाठ
दाङमा महिलाको हत्या
दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । बिहीबार राति त्रिपुर नगरपालिका १० की ५० वर्षीया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत २ मिनेट पाठ
मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या
देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
Whatsapp
समाज Clock | देवेन्द्र बस्नेत २ मिनेट पाठ
राप्ती किनारमा भेटिए पाँच शव
अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस