विदेश भ्रमणमा रोक
सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो।
३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ।
सुब्बा, खरिदार र कार्यालय सहयोगीको पदपूर्ति रोकियो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको पदपूर्ति स्थगन गर्न निर्देशन दिएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचन बहुमतीय प्रणालीबाट
आगामी फागुनदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको छ। रिक्त हुने १९ मध्ये १८ पदमा बहुमतीय प्रणालीबाट निर्वाचन हुने भएको हो।
राष्ट्रियसभा निर्वाचनका लागि परामर्शमा
निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन तयारी अघि बढाएको छ।
शनिबार मतदान, बुधबार रातिबाट मौन अवधि
मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलन गर्दै शनिबार हुने उपनिर्वाचनका आवश्यक निर्वाचन सामग्री, कर्मचारी खटनपटन, सुरक्षा प्रबन्धसहितका सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाउने जिम्मा प्रधानमन्त्रीलाई
राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालाई गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारलाई उनलाई हटाउने निष्कर्षमा पुगेको हो।
सिन्को नभाँची चुनावी रटान
अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयन कार्ययोजना अनुसार अबको एक महिना (मंसिर) भित्र स्थानीय निकाय निर्वाचन भइसक्नुपथ्र्याे तर तयारी सुरु नहुँदै सरकार मात्र होइन, कार्ययोजनै फेरियो । नयाँ सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्यो । चैतमा स्थानीय निकाय निर्वाचन घोषणा गरे पनि सरकारले निर्वाचन तयारीसम्म सुरु गरेको छैन । निर्वाचन आयोगकै भाषामा तिथि, मिति, नीति र सहमति जुटेको १ सय २० दिन अर्थात् चार महिना तयारी पूरा हुन्छ । अहिलेसम्म आवश्यक तयारी त परै, सरकार र राजनीतिक दलको छलफलको एजेन्डामा समेत स्थानीय निर्वाचन परेको देखिँदैन ।
Loading...