सरकारले बाँड्यो एकै दिन करोड, पाउने को को छन्? (सूचि सहित)
सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो। आफू निकट व्यक्तिलाई सरकारले एकै दिन यति ठूलो रकम बाँडेको हो।
चैतमा स्थानीय निकायको निर्वाचन गर्न सरकार उदासिन
गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै संशोधनका लागि सरकारले तयार गरेको विधेयक संसदमा पेश गर्न समेत दिएका छैनन्। संविधानको कार्यान्वयन गर्न डेढ वर्षभित्र तीन वटै तहको निर्वाचन गराउने संवैधानिक बाध्यता रहेपनि निर्वाचन गराउनका लागि निर्वाचन आयोगलाई पूर्णता दिने विषयमासमेत सरकार उदासिन देखिएको छ।
जिल्लाबाट प्रतिवेदन पठाउने म्याद कम्तिमा एक हप्ता थप हुने
स्थानीय निकायको नामाकंन/सीमाकंन प्रतिवेदन पठाउने म्याद कम्तिमा एक हप्ता थपिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच बुधबार भएको छलफलपछि प्रतिवेदन पठाउने म्याद थपिने निश्चित भएको हो।
ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकी देशसँगको सम्बन्ध सुधारमा केही ऐतिहासिक काम गर्न सफल भए पनि आन्तरिक समस्या समाधान गर्न विफल देखिएको छ ।
Loading...