कमल खत्री
प्रतिनिधिसभा विघटनले मुलुक अन्धकारतर्फ जाने खतरा : उपेन्द्र यादव
पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मिति तोकिएको होइन, नत्र झण्डै दुई तिहाईको नजिक बहुमत पाएको संसद किन भंग गर्नुपथ्र्यो होला र?’ मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र अर्थतन्त्र तहस नहस भइरहेको अवस्थामा चुनाव हुने हो भने लगभग २० अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।
अदालतको चार किल्लाभित्र विवेकको हत्या नहोस् : गगन थापा
नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले मुलुकमा उत्पन्न राजनीतिक जटिलतालाई किनारा लगाउने दायित्व न्यायालयमा रहेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले सर्वोच्च अदालतले यो बेलामा न्याय गर्ने र निर्णय गर्दा विवेक पुर्याउने विश्वास ब्यक्त गरे।
प्रतिभा निखार्न नेपालगन्जमा सुरु भयो नाट्य कार्यशाला
नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगन्जमा प्रशिक्षणको आयोजना गरिएको छ। आगामी मंगलबारसम्म चल्ने कार्यशालामा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत लगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब तीन दर्जन युवाहरुको सहभागिता रहेको छ।
लक्ष्य भन्दा १ अर्ब ३९ करोड बढी राजस्व संकलन
पश्चिम नेपालको मुख्य भन्सार कार्यालय नेपालगन्ज भन्सारले पहिलो चौमासिकमा आफनो लक्ष्य भन्दा १ अर्ब ३९ करोड रुपैयाँ धेरै राजस्व संकलन गरेको छ।
नेपालगन्ज म्याराथनः गोपी र पुष्पा च्याम्पियन
शनिबार नेपालगन्जमा भएको प्रतियोगितामा पहिलो भएका गोपी जापानमा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट हुन सफल भएका छन्।
कुम्पन प्रणालीबाट धान खरिद गर्दै खाद्य
कम्पनीले आइतबारबाट कारकादो स्थित कार्यालयमा पहिलो दिन करिब २० जना किसानको धान खरिद गर्ने तयारी गरेको छ।त्यसका लागि शनिबार बिहान किसानले बिहान १० देखि १२ बजेसम्म कुम्पन्न लिनु पर्नेछ।
नेपालगन्ज म्याराथनको तयारी पूरा
शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।
फूल खेतीमा आत्मनिर्भर बन्दै लुम्बिनी प्रदेश
केहि वर्षअघिसम्म पूर्ण रुपमा फूल व्यावसायमा परनिर्भर रहेको लुम्बिनी प्रदेश अहिले आत्मनिर्भर बन्ने बाटोमा अगाडी बढेको छ।
बाँकेमा धान उत्पादन २५ प्रतिशतले बढ्यो
बाँकेमा यस वर्ष २५ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ। गत वर्ष फौजी किराले धान खेतीमा क्षति गरेका कारण बाँके लगायत देशभर धान उत्पादनमा कमी आएको थियो। बाँकेमा यस वर्ष ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो।
Loading...