स्थानीय निर्वाचन र नेताहरूका चरित्र
एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावटमात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन। अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो।
गणतान्त्रिक व्यवस्था र वर्तमान अवस्था
अर्थ व्यवस्थामा खतराको तह छोपिसकेको मुलुकको आयात परिमाण, खर्बौंको व्यापार घाटा र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई पनि समाप्त पारेर मुलुकलाई दाल–चामल, तरकारी र विद्युत् लगायत वैकल्पिक इन्धन इत्यादि सबै क्षेत्रमा पराश्रित बनाइएको छ।
कांग्रेसको विवादास्पद गठबन्धन
माओवादीलाई चुनाबी गठबन्धन नगरी अस्तित्व बचाउन नसकिने आत्मबोधले सकेसम्म कांग्रेससँग, कांग्रेसले नमाने एमालेसँग ‘त्वं शरणम्’ को शैलीमा गठबन्धन गर्नुपरेको छ।
अभिशप्त परिवर्तन, निरास जनता र बाह्य प्रभाव
लोकतान्त्रिक गणतन्त्रका निर्वाचनहरू माफिया र बिचौलियाको निगाहपूर्ण चन्दारूपी अग्रिम घुसमा हुनुपर्ने हो भने यो व्यवस्था अभिशापसिद्ध नभएर कसरी वरदान सावित होस्। यस्तै मनोवृत्तिका ‘नेता’ को जिम्मामा देशको भाग्य र भविष्य चल्दैछ। त्यसैले पछिल्लो आन्दोलन र परिवर्तनमाथि पुनर्विचार हुनुपर्छ र राज्यले कोर्स करेक्सन गर्नुपर्छ भन्ने जनभावना र चाहनालाई नजरअन्दाज गर्न थालियो भने यसअघिका राजनीतिक ब्यवस्थाहरू निर्ममताका साथ ढलेजस्तै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि ढल्ने जोखिमलाई कसैले रोक्न सक्दैन।
रूस हमलाको पाठ
युक्रेनमा रुसी आक्रमण हुँदा नेपाली भूभाग मिचिएको घटनाले हामीलाई थप संवेदनशील बनाउनेतिर हाम्रो ध्यान जानु जरुरी छ ।
‘जनयुद्ध दिवस’ केका लागि?
यो कसरी ‘जनयुद्ध’ भयो, त्यो पनि यसका आयोजकलाई नै आजसम्म थाहा भएजस्तो लागेन। राजनीतिक दलविशेषको कारण र आह्वानमा नेपालको इतिहासमै सबभन्दा धेरै नरसंहार भएको कारणले हो कि, यसको लक्ष्य प्राप्तिका लागि जनतालाई बली चढाएकाले ‘जनयुद्ध’ भनिएको हो?
प्रधानमन्त्री देउवाका छ महिना
पाँचौँपटक प्रधानमन्त्री भएका देउवाको कार्यशैली र कार्यसम्पादनको स्तर उन्नत र परिपक्व भएको पाइएन। गत साउन २४ मा सत्ता गठबन्धनका ५ दलको तर्फबाट घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको इमानदारीपूर्ण कार्यान्वयनमा प्रधानमन्त्रीको सम्वोधनले इच्छाशक्तिको अभाव, उदासीनता र अनुत्तरदायित्वको मानोवृत्ति प्रतिविम्बित गर्यो।
पार्टी महाधिवेशन, नेतृत्व चयन र राजनीति
देउवाको अलोकप्रिय अनुहार लिएर जनतामा जाँदा काँग्रेस फेरि पराजित भयो भने देउवालाई सभापति बनाउने कार्यकर्ताहरू जिम्मेवारी र जवाफदेही लिन तयार छन्?
कांग्रेस महाधिवेशनमा हिन्दु राज्य
हिन्दु राज्यको माग दिनानुदिन उर्लिएको समानान्तररूपमा हिन्दुत्वलाई बदनाम र प्रहार गर्ने षड्यन्त्रको शृंखला पनि भित्रभित्रै चलिरहेको छ। २०७५ मंसिर–पुसमा सम्पन्न नेपाली कांग्रेसको बाह्रौँ महासमिति बैठकका १५ सयमध्ये करिब आठ सय संख्यामा अधिकांश सहभागीले हिन्दु राज्य स्थापनाका लागि संविधान संशोधन हुनुपर्ने प्रस्तावलाई कांग्रेसले स्वीकार्नुपर्छ भन्ने जोडदार मागमा सही गरेर ज्ञापनपत्र बुझाएका थिए,त्यो कता पुग्यो?
Loading...