रोहित महतो
नागरिकता विधेयक र राजु सदाको मृत्युको विरोधमा जनकपुरमा लगातार चौथो दिन प्रदर्शन
संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कदमहरुको विरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दल धनुषाले जनकपुरमा लागातार चौथो दिन प्रदर्शन गरेको छ ।
तीन महिनादेखि राहतको पर्खाइमा असिना पीडित
‘हामी तुरन्तै छानो दिन्छौँ भनेर ठूला ठूला नेता, मन्त्री, सांसदले घर हेरेर फर्केर गए । असिना परेको तीन महिना बित्यो तर हामीले केही पाएनौ ,’ बर्षामा भिजेरै गुजारा गरिरहेकी उनले भनिन्, ‘पैसा छैन कहाँबाट मर्मत गराउने अनि छानो हाल्ने ? बर्षा भएपछि छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ ।’
उपचार अभावमा छटपटाएरै आइसाेलेसनमा युवकको मृत्यु
उपचार अभावमा प्रादेशिक अस्पताल जनकपुरमा छटपटाउँदै प्राण त्यागेका धनुषाको हंसपुर नगरपालिका—७ नौवाखोर परसाहीका राजु सदाकी आमा विक्षिप्त छिन् । परिवारको ‘मुख्य पिलर’ एक्लो छोरा १६ वर्षीय राजुको मृत्युपछि आमा लिलम देवी घरीघरी बेहोस हुन्छिन् । छोरालाई पुकार्दै उनी दिनभरी बर्बाउँदै अचेत हुन्छिन् । असहय पीडाले छटपटाइ रहेकी उनलाई सन्तवना दिन घरमा आफ्न्त र छिमेकीको घुँइचो लागेको छ ।
गाउँलेको दुर्व्यहार झेलेका पासवान भन्छन् : कमजोर मुटुका मान्छे भए आत्महत्या गरिसक्थ्यो
संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो
प्रदेश २ मा शनिवार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरी जिल्लामा २४, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्वारेन्टिनमा न ओछयान न झुल, २० दिनदेखि स्वाब परीक्षणकै पर्खाइमा
‘भुइँमै सुत्छौँ, ओछयाउनलाई न तन्ना छ न झुल । रात लामखुट्टे मारेरै बितेको छ । कोरोना भन्दा पहिले मलेरिया लागेर मर्ने हो कि जस्तो लाग्छ,’ धनुषा सबैला नगरपालिका—२ स्थित सरस्वती माध्यमिक विद्यालयका क्वारन्टिनमा बसिरहेका चन्दन साहले दुखेसो पोखे । भारतको गुजरातबाट गत जेठ २२ गते फर्किएयता भोगेका दुःख सम्झिदा उनको आँखा रसाउँछ ।
क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम
महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् ।
प्रदेश २ मा स्वाबको चाङ, परीक्षण निराशजनक
मुलुकमै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टिन सर्वसाधरणले भरीभराउ छन् । यहाँका क्वारेन्टिनहरूमा अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरू छन् । आरडिटी परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आइरहेपनि पिसिआर परीक्षणमा संक्रमणमा पोजेटिभ देखिएर संख्या बढ्दो छ ।
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोडको बजेट
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । अर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशसभा बैठकमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५ प्रतिशत) र पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार (५३.६७ प्रतिशत) विनियोजन गरेका हुन् ।
Loading...