रोहित महतो
जनकपुर सौन्दर्यकरणका नयाँ नयाँ योजना तर कार्यान्वयन निराशाजनक
जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउदै पर्यटकीय गन्तव्यको रुपमा चिनाउन र चिट्टिक्क पारी हेर्न लायक बनाउन संघीय सरकारले सरसफाई तथा पोखरी संवद्र्धन आयोजना अघि बढाउने सम्झौता गर्यो ।
जनकपुरमा मास्क नलगाई हिँडडुल गर्ने पक्राउ
जनकपुरमा मास्क नलगाइ हिँडडुल गर्ने एक सय ५० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला संकट व्यवस्थापन समितीको निर्णय अनुसार सोमबार दिउँसोसम्म एक सय ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ‘सर्वसाधारणलाई पटक–पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेका छौं ।
११ वर्षीया छोरीकाे बलात्कारपछि हत्या, आमाको बिलौना
‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।
प्रदेश २ : दिनको पाँच सय स्वाब संकलन, डेढ सय परीक्षण
प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सदा मृत्यु प्रकरण : न्याय माग्दै दलित समुदायको प्रदर्शन, प्रहरीद्धारा अश्रुग्यास प्रहार
राजु सदा, शम्भु सदा लगायतका मृत्युको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै प्रदेश भरका दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रै झुण्डिएको अवस्थामा फेला परेका सम्भुको हत्या भएको र कोभिड अस्पताल जनकपुरको आइसोलेसन कक्षमा उपचार नपाएर राजुको मृत्यु भएको भन्दै उनीहरूले न्यायको माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।
प्रदेश २ : आवश्यक सेवामा बन्द हडताल गर्नेलाई ५० हजारसम्म जरिवाना
प्रदेश २ सरकारले आवश्यक सेवामा बन्द हडता्ल निषेध गर्ने व्यवस्था सहित विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्नेलाई जरिवाना सहित प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो ।
धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जनकपुर–ढल्केवर सढकखण्ड अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ स्थ्ति तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिलरमा ठोक्किएर भएको दुर्घटनामा एक जना पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागरिकता कानुन विधेयकविरुद्ध जनकपुरमा प्रदर्शन
विवाह गरी नेपाल आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नयाँ कानुनी व्यवस्थाको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
राजु सदा मृत्यु प्रकरण छानविनका लागि संसदीय समिति गठन
आइसोलेसनमा उपचार अभावमा मृत्यु भएको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको घटना छानविनका लागि संसदीय समिति गठन भएको छ ।
Loading...