किरणमान बज्राचार्य
सात संचारकर्मीसहित २ सय ६५ जनाको स्वाब संकलन
कपिलवस्तुमा शुत्रबार ७ संचारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लका स्थानमा स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवास्थित जन स्वास्थ्य प्रयोगशाला पठाइएको हो । जिल्ला स्बास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
नर्समा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द
स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिकाका आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत उनी स्टाफ नर्सलाई अस्पताल कै आईसोलेन बेडमा उपचाररत छिन्। स्टाफ नर्स संक्रमित भएपनि अस्पतालमा सेवा सुचारू गरिएकोमा तौहिलवामा विरोध सूरू भएको थियो ।
नर्समा कोरोना संक्रमण भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेक सबै सेवा बन्द
स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतानलको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्स अस्पताल कै आइसोलेसन बेडमा उपचाररत छिन् । स्टाफ नर्स संक्रमित भए पनि अस्पतालमा सेवा सुचारु गरिएको प्रति तौहिलवा बिरोध सुरु भएको थियो ।
कपिलवस्तुमा ३ सुरक्षाकर्मीमा पनि कोराना संक्रमण
कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका चार जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी सहायक निरिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षकलाई कोरोना देखिएको हो ।
तीन दिनमा ४ हजार ७ सयबढी नेपालीहरू लुकेरै नेपाल पसे
भारतका कोरोना फैलिएका शहरहरूबाट फर्केकाहरूबाटै कोरोनाको संक्रमण भित्रीरहेको प्रदेश नं. ५ मा अझैपनि सिमाक्षेत्रबाट असाबधानी पुर्बक नेपालीहरू लुकेर पस्ने क्रम घटेको छैन । बरु झन बढेको छ । पछिल्लो तिन दिनमा प्रदेशका सिमावर्ती ४ वटा जिल्लाबाट ४ हजार ७ सय बढी नेपालीहरू लुकेर नेपाल पसेका छन ।
प्रदेश ५ मा भारतबाट भित्रिदै कोराना, आज मात्रै १७ जना थपिए
प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना र कपिलवस्तु नगरपालिकाका ८ जनामा कारोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
Loading...