किरणमान बज्राचार्य
कपिलवस्तु : तीन स्थानमा शंकास्पद बस्तु फेला, सुरक्षा सतर्कता बढाइयो
निर्वाचन नजिकिएसँगै शंकास्पद बस्तुहरू फेला परेपछि कपिलवस्तुमा सुरक्षा चुनौती समेत बढेका छन्। सुरक्षा निकायले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा पारेको छ।
महाशिवरात्री : तौलेश्वरनाथ महादेवमा भक्तजनको भीड
मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेराले समेत निगरानी गरिएको छ।
एउटै वडाका पाँच जनाले निकाले सशस्त्र प्रहरी बलको जवानमा नाम
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का पाँच जना युवाले एकै पटक सशस्त्र प्रहरी जवानमा नाम निकालेका छन्।
४४ यात्रु लिएर काठमाडौंबाट जाँदै गरेको बसमा आगलागी
स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।
नागरिकको सन्तुष्टि नै प्रहरीको जिम्मेवारी : आईजिपी कार्की
कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा युएनओपिएसको सहयोगमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उदघाटन गर्दै सो कुरा बताएका हुन ।
कुष्ठरोगी निवारण चुनौतीपूर्ण बन्दैः कपिलवस्तुमा ६ महिनामा ३९ नयाँ रोगी
प्रति १० हजारमा १ प्रतिशतभन्दा कम हुनु पर्नेमा कपिलवस्तुमा भने अझै १ दशमलव ६ प्रतिशतले कुष्ठरोगी फेला परेका हुन् ।
लागु औषध सेवन गरेका सात सवारी चालकमाथि कारबाही
यात्रा थप मर्यादित र भरपर्दो बनाउन चलाइएको अभियानमा दिउसै ७ जना चालकले मादक पदार्थ सेवन गरेको भेटिए पछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले बताए। पक्राउ परेको सात बिङगर चालक हुन।
बढी राजस्व तिर्ने दुई उद्योग सम्मानित
सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए।
निर्वाचन चर्चाः कपिलवस्तुमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने
प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए ।
Loading...