हरिकृष्ण गौतम
लकडाउनमा एकैसाता तीनजनाले गरे आत्महत्या
गत साउन महिनामा विवाह गरेकी बेनपा–३ की २१ वर्षीया एक युवतीले घाँस काट्न जंगलमा गएको बेला बिहीबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको अवस्थामा आफ्नै सलले घाटीमा पासो लगाएर झुण्डिइन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको मृत्युले गाउँ नै स्तब्ध छ ।
डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यक्षेत्रमै बास
एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीमा भर्ना अभियान सुरु
जिल्लाको एक गाउँपालिकाले विद्यालय भर्ना अभियान सुरु गरेको छ । सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाले वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै सामाजिक दूरी कायम गरी विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।
दुई महिनामा तीन बालविवाह रोकिए
म्याग्दीमा सबैभन्दा धेरै बालविवाह धवलागिरी गाउँपालिकामा हुन्छ। सो गाउँपालिका–२ लुलाङमा गत आवमा मात्र १० भन्दा धेरै बालविवाह भएका थिए।
सडक मजदुरले पाएनन् तलब
विभिन्न माग राखिएका प्ले कार्डसहित मजदुरको भीडमा भेटिएका विकले एक वर्षदेखि बेनी–जोमसोम–कोरला सडकमा जाली बुन्ने काममा खटिए पनि तलब पाएका छैनन्।
मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)
मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।
गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु
म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।
म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु
म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।
Loading...