नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन
१० असोज २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन

नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

त्यसैगरी चेतनाथ कणेल हरित उपाध्यक्ष, देविका तिमिल्सिना महासचिव, तारा सुवेदी कोषाध्यक्ष, प्रकाश घायललाई सचिवमा चयन गरिएको छ।

सदस्यहरूमा शंकर भारती, डा. सदानन्द कणेल, रञ्जना निरौला,डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी निर्वाचित भए।

साधारण सभाले निर्वाचनका लागि पवन आलोक, हिरण्यकुमारी पाठक र डा गोविन्दमानसिंह कार्की रहेको निर्वाचन आयोग गठन गरेको थियो।

जानु धिताल र नवराज अवदोषीले समाजको गत कार्यकालको गतिविधि र आयव्ययको प्रस्तुत गरेका थिए भने स्रष्टा विनोद नेपालले कार्यक्रम चलाएका थिए।

लोकप्रिय
अर्को समाचार
नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्विराेध निर्वाचित
१३ असोज २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्विराेध निर्वाचित

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठाराैं साधारण सभा तथा दशाैं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन्।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले रोदनको नेतृत्वमा २ वर्षको निम्ति उपाध्यक्ष डा. षडानन्द कंडेल, महासचिव देविका तिमिल्सिना, कोषाध्यक्ष तारा सुवेदी, सचिव प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव विडारी, रञ्जना निरौला, डा. शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए।

नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको पानसमा द्धिप प्रज्ज्वलित गरी वैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा धेरै काम गरेको भन्दै समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागिपरेकोमा खुशी व्यक्त गरे।

समाजले गैह्र सरकारी स्तरबाट  खुला सत्रमा नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भैरहेको बताउँदै बंगलादेशमा हमेशा नेपाली साहित्यकारहरूको स्वागतार्थ तत्पर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

अर्का अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकारद्वय तथा समाजका सल्लाहकार रोचक घिमिरे र नगेन्द्र राज शर्माले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरी पूर्व बंगलादेशका राजदुत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबिच भएको धार्मिक,साँस्कृतिक,भाषा साहित्यको बिचमा समानता रहेको धारणा राख्दै अधिवेशनको भव्य सफलताको निम्ति शुभकामना व्यक्त गरे।

भारत, बंगलादेश,चीन लगायतका छिमेक्री मुलुकहरूबिच साहित्यिक भ्रमणसँगै आदानप्रदान भैरहेको कार्यको निम्ति उनले प्रशंसा व्यक्त गरे।

बंगलादेश दुताबासका प्रथम सचिव हुमायुन कबिरले शुभकामना व्यक्त गरे भने चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो।

समाजका उपाध्यक्ष चेतनाथ कंडेलले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए भने सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए।

बन्द सत्रले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान संशाेधन समितिले पेश गरेको संशाेधन प्रस्ताव समेत पास गरेको थियो।

बन्द सत्रमा निर्वाचन समितिका संयोजक पवन आलोक, सदस्य विधान आचार्य र प्राडा लक्ष्मणप्रसाद गौतम रहेका थिए।

निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण गराएका थिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस