दोस्रो महाभारत
१७ जेष्ठ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
दोस्रो महाभारत

शुभचन्द्र राई

उहिले युद्धमा हार व्यहोरेपछि 

शुभचन्द्र राई
श्रापित भई

इमानदारिताका साथ  

आफ्नो चिरञ्जीवी मणि कृष्णलाई दान गरेर

निरीह बाँचिरहेका अश्वत्थामाहरूले

कतिन्जेल सही रहलान्

भाग्यको छेउ निधारको घाउ ?

समयको यो बिन्दुमा

गुरुभक्त

एकलव्यहरूले  

गुरु–दक्षिणामा बुढीऔँला चढाएको  

औतित्य खोजिरहेका होलान् ।

जीवनमा  

भगवानकै लीलाले जन्मेर

विभेदको आरनबाट पनि

सुरता प्राप्त गरेको

कर्णहरूले  

आफ्नो कवच दानमा दिएको  

उपलब्धि खोजिरहेका होलान् ।

धर्म र सत्यताका लागि

टाउको कटाएका अजेय योद्धा बर्बरिकहरू

आपत्ति जनाइरहेका होलान्

आफूहरूलाई कसरी  

राखियो अधर्म

र, असत्यको कित्तामा ?

प्रश्न गरिरहेका होलान आफैंसँग

के सत्य हुन विजय आवश्यक छ ?

उनीहरूले  

आफ्नो यो योगदानहरूको  

हिसाब–किताब समयसँग खोजिरहेका होलान् ।

यसरी  

बेवास्ता गरिरहेर

यसरी नै खेलिरहने हो भने

झुटको खालमा  

अभिमानको जुवा ।

कोही त फेरि  

जानैपर्छ वनबास ।

तब उसरी नै साँधिने छ प्रतिशोध

बगैँचाहरूको छाती कुरुक्षेत्र बन्नेछ ।

फेरि हुनेछ महाभारत  

फेरि हुनेछ रणसंग्राम ।

तर, यसपालि को कसको पक्षमा लड्ला ?

उही समीकरणमा भयो भने युद्ध

अर्जुनहरूले जोगाइरहेका छन् कि छैनन् धनुर्विद्या ?

कृष्णहरूलाई  फुर्सद छ कि छैन,

गोपिनीहरूको कपडा लुकाउनबाट ।

युधिष्ठिरहरूसँग बाँकी छ कि छैन सत्यता,

जुन धर्मयुद्धमा एक झुट बोलिदिँदा पत्याउने हतियार बन्छ ।

भीमहरूले जोगाइरहेका छन् कि छैनन् पाँच हात्तीको बल ?

सहदेवहरूको सुन्दरता अझै उस्तै छ कि छैन होला ?

र नहकुलको विद्यता कायम  छ छैन ?

यदि छ नै भने पनि

फेरि यसपालि

कर्णहरूले दानी स्वाभावमात्रै  फेरिदिए भने,

एकलव्यहरूले गुरू भक्ति मात्रै तोडिदिए भने,

अश्वत्थामाहरूले पाण्डवहरूले झैं  

अलिकति युद्धधर्म तोडेर आफ्नो बदला लिए भने

बर्बरिकहरूले टाउको कटाएर युद्ध हेरिरहन सक्लान् कि नसक्लान् ?

भीष्म पितामहहरूले ईच्छा मृत्यु चाहलान् वा नचाहलान् ?

युद्धभुमिमा झुट बोल्दा पत्याइएला नपत्याइएला ?

यदि यस्तो भएन भने  

युद्धको परिणाम फेरिनेवाला छ ।

युद्ध जसले जिते पनि

जित्नेले हामी अधर्मीहरूले युद्ध जितियो भनेर  

इतिहास नलेख्लान् ।

वा, प्रश्न त यो पनि छ

फेरि यसपालि  

कौरवहरूले जिते भने युद्ध  

महाभारतको कथा कस्तो लेखिएला ?

त्यसपछि

पूजा कसको होला ?

भगवान  

कसलाई मानिएला ?

मैले त आजसम्म  

युद्ध हारेको भगवानको मन्दिर देखेको छैन ।

लोकप्रिय
अर्को समाचार
महाभारतमा सैन्य व्यवस्था
०५ असार २०७८
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
महाभारतमा सैन्य व्यवस्था

ग्रिसका दार्शनिक प्लेटोले आफ्ना गुरु सुकरातलाई मृत्युदण्ड दिएपछि आदर्श गणराज्यको कल्पना गरे। प्लेटोले आदर्श राज्यमा तीन प्रकारका नागरिकको कल्पना गरे। पहिलो कुलीन वर्ग, जसमा प्रज्ञा र सद्गुुण अनिवार्य माने। दोस्रो योद्धा वर्ग, जसमा साहस र वीरता रहोस्, डर नहोस्। तेस्रो श्रमिक वर्ग, जसमा अनुशासन र आत्मसंयम अनिवार्य माने। उनको गणराज्यका सैनिकलाई विवाह गर्ने छुट थिएन। सैनिकको सबै खर्च राज्यले व्यहोर्नुपर्ने हुन्थ्यो। यो आदर्श गणराज्यको कल्पना थियो प्लेटोको।

हाम्रो सनातन परम्पराको मुख्य ग्रन्थ महाभारतको युद्ध प्लेटोले भनेको जस्तो रहेन। महाभारतमा कुलीन वर्ग नै युद्धका लागि सक्रिय रहे। महाभारतमा सैन्य व्यवस्थाको कल्पना व्यासले गतिलो तरिकाले गरेका थिए। सैन्य व्यवस्थाको गतिलो गठन नै राज्यको सुदृढीकरण र व्यवस्थितपनको पक्ष हो। राज्य सञ्चालनमा सैन्यशक्ति महत्वपूर्ण पक्ष मानिएको छ। महाभारतकालीन राज्य व्यवस्थामा सेनाको संख्यागत स्वरूप आजको व्यवस्थासित नै केन्द्रित रहेको पाइन्छ। महाभारतकालीन राज्य व्यवस्थामा सेनाको जुन अवस्था विद्यमान थियो, त्यो अवस्थाले महाभारतकालीन समाजको दृश्यलाई बाहिर ल्याएको पाइन्छ।  

महाभारत

महाभारत प्राच्य महाकाव्य हो। यो सनातन परम्पराको सबैभन्दा ठूलो ग्रन्थ हो। यसमा संस्कृतका एक लाख श्लोक छन्। महाभारतलाई पाँचौँ वेदका रूपमा पनि मानिएको छ। महाभारतलाई तत्कालीन समयको धर्मशास्त्र, मोक्षशास्त्र, अर्थशास्त्र पनि मानिएको छ। महाभारत एउटा यस्तो ग्रन्थ हो, जसमा तत्कालीन समाजको सामाजिक व्यवस्थाको सम्पूर्ण वर्णन गरिएको छ। महाभारतमा भनिएको छ–

स्वर्गे चार्थे च कामे च मोक्ष च भरतर्षभ  

यदिहास्ति तदन्यत्र यन्नेहास्ति न कुत्रचित्।।

अर्थात्, धर्म, अर्थ, काम, मोक्षको विषयमा महाभारतमा जे उल्लेख गरिएको छ, त्यो अन्यत्र पनि छ, तर महाभारतमा उल्लेख नभएको कुरा अन्यत्र कतै पनि छैन। यसले महाभारतको महत्वलाई दर्शाएको छ। यो महाभारत सर्वसम्पन्न ग्रन्थ हो भन्ने कुराको परिचय हो। महाभारत तत्कालीन समाजको सामाजिक व्यवस्था हो। जो ग्रामदेखि राज्यसम्मको व्यवस्था सञ्चालनलाई प्राथमिक स्रोत मानेको छ। गाउँ, सहर, राज्यको व्यवस्था र व्यवस्थामा ख्याल गरिने जनताका सवालमा महाभारतकालीन समाज पूर्ण वैज्ञानिक थियो।

महाभारतमा १८ अंक संयोग मात्र होइन, यो पूर्णताको परिचायक पनि हो। अतः महाभारत पूर्णताले भरिएको एक सनातन परम्पराको प्राच्य ग्रन्थ हो। महाभारतको सैन्य व्यवस्थालाई आज पनि वैज्ञानिक व्यवस्थाका रूपमा स्वीकार गरिएको छ। युद्धनीति, रणनीति, राजनीति, अर्थशास्त्र, धर्मशास्त्र, मानवशास्त्र आदिका दृष्टिले पूर्ण रहेकाले महाभारत १८ अथवा १ जोड ८ बराबर ९ पूर्ण संख्यामा विभाजित ग्रन्थ हो।

महाभारतमा सैन्य व्यवस्था  

महाभारतमा सैन्य व्यवस्थाको कल्पना पूर्ण वैज्ञानिक रहेको छ। सेनाको कुनै पनि संगठनमा पैदल सेना, घोडा, हात्ती र रथलाई अनिवार्य मानिएको छ। महाभारतमा सैन्य व्यवस्थाको अन्तिम अवस्था अक्षौहिणी हो। महाभारतको युद्ध अठार अक्षौहिणीका बीचमा भएको थियो। पाण्डवतर्फ ११ र कौरवतर्फ सात अक्षौहिणी सेना थिए। सेनाको सबैभन्दा सानो टुकुडीलाई पत्ति भनिएको छ। महाभारत भन्छ–

एको रथो गजश्चैको नरा पञ्च पदातयः।

त्रयश्च तुरगास्तज्ज्ञैः पत्तिरित्यभिधीयते।।

अर्थात्, एउटा रथ, एउटा हात्ती, पाँच पैदल सैनिक र तीन घोडा भएको सैन्य व्यवस्थालाई पत्ति मानिएको छ। नेपाली सेनाको सैन्य व्यवस्थामा ११ सैनिकको डप्फालाई पत्ति भनिएको छ।

सैन्य व्यवस्थाको दोस्रो स्वरूप सेनामुख हो। सेनामुख पत्तिको तीन गुना बढी  

मानिएको छ। सेनामुख र गुल्मका सम्बन्धमा महाभारत भन्छ–

पत्तिँ च त्रिगुणामेतामाहु: सेनामुखं बुधाः।  

त्रीणि सेनामुखान्येको गुल्म इत्यभिधीयते।।

पत्तिको तीन गुना सेनामुख र सेनामुखको तीन गुना गुल्म मानिएको छ, महाभारतमा। नेपालमा पत्ति, प्लाटुन, प्लाटुनपछि गुल्म मानिएको छ। प्लाटुनमा ३७ र गुल्ममा २३६ सैनिक संख्या मानिएको छ। यो संख्यागत रूपले महाभारतमा घोडा, हात्ती र रथको अनिवार्यता देखिएको छ। महाभारतमा गुल्मपछिको सैन्य व्यवस्था हो, गण। गण, वाहिनी र पृतनाका सम्बन्धमा महाभारत यसरी उल्लेख गर्दछ–

त्रयो गुल्मा गणो नाम वाहिनी तु गणास्त्रयः।  

स्मृतास्तिस्त्रस्तु वाहिन्याः पृतनेति विचक्षणै:।।

तीन गुल्मको एउटा वाहिनी, तीन वाहिनीको एउटा पृतना महाभारतकालीन सैन्य व्यवस्था हो। नेपालको सैन्य व्यवस्थामा गणमा ८४९ सेना रहने व्यवस्था छ। सैन्य व्यवस्थामा पृतनापछिको अवस्थालाई उल्लेख गर्दै महाभारत लेख्छ–

चमूस्तु पृतनातिस्रस्तिस्रश्चम्बस्त्वनीकिनी

अनीकिनीं दशगुणां प्राहुरक्षौहिणी।।

तीन पृतनाको एक चमु, तीन चमुको एक अनिकिनी र दश अनिकिनीको एक अक्षौहिणी बताइएको छ। महाभारतमा सेनाको संख्यागत स्वरूपमा अक्षौहिणीलाई सर्वोच्च मानिएको छ। अक्षौहिणीमा रथ र हात्तीको संख्या भने बराबर मानिएको छ।  

शतान्युपरि चैवाष्टौ तथा भूयश्च सप्ततिः।

गजानां परीमाणामेतदेव विनिर्दिशेत्।।

अक्षौहिणीमा रथको संख्या २१ हजार आठ सय ७० र यति नै हात्तीको संख्या मानिएको छ। अक्षौहिणी सैन्य व्यवस्थामा पैदल सैनिक र घोडसवार सैनिकको पनि व्यवस्था महाभारतमा उल्लेख गरिएको छ। घोडा र पैदल सैन्यको संख्याका सन्दर्भमा–  

पञ्चषष्ठीसहस्राणि तथाश्वानां शतानि च।

दशोत्तराणि षट् प्राहुर्यथावदिह संख्यया।।

अर्थात्, एक अक्षौहिणीमा ६५ हजार ६ सय १० घोडसवारको संख्यालाई स्वीकार गरिएको पाइन्छ। महाभारतमा सबैभन्दा बढी युद्धमा सहभागी पैदल सेना थिए। तिनीहरूको गणनामा पनि महाभारतले स्पष्ट उल्लेख गरेको छ। पैदल फौजको संख्यालाई लिएर महाभारत भन्छ–  

ज्ञेय शतसहस्रं तु सहस्राणि नवैव तु।

नराणामपि पञ्चासच्छतानि त्रीणि चानघाः।।  

एक अक्षौहिणीमा पैदल सेनाको संख्या एक लाख नौ हजार तीन सय ५० मानिएको छ। यो नै महाभारतमा उल्लेख गरिएको सैन्य व्यवस्था हो। यही व्यवस्थाका १८ अक्षौहिणी सेना महाभारतको युद्धमा होमिएका थिए। यो सैन्य व्यवस्थामा महाभारतको युद्ध आरम्भ भएको थियो। युद्ध आरम्भ भएको १८औँ दिनमा युद्ध समापन भएको थियो।

अठार दिनको युद्ध  

१८ अक्षौहिणी सेना १८ दिन लडेका थिए। उक्त १८ दिनमा पाण्डवका सेनापति धृष्टद्युम्न थिए। धृष्टद्युम्न द्रुपदका छोरा र द्रौपदीका दाजु थिए। कौरव पक्षमा भने सेनापतिको मृत्यु हुने र सेनापति परिवर्तन हुने क्रम चलि नै रह्यो। सेनापति कस्तो हुन्छ भन्ने सन्दर्भमा भनिएको छ–

नीतिसस्त्राव्यूहादिनतिविद्याविसारदः।  

अबाला मध्यवयसःशूरा दान्ता दृढांगका।।

अर्थात् जो नीतिशास्त्र जानेको, शस्त्र तथा अस्त्र विद्यामा सक्षम, व्यूह रचना गर्न जानेको, युवा तथा लडकपनरहित हुनु अनिवार्य मानिएको छ। यी सबै गुण महाभारतका सेनाप्रमुखमा थिए। महाभारतमा कौरव सेनाका सेनापतिको मृत्यु भएपछि रणनीति परिवर्तन मुख्य केन्द्रमा रहेको थियो। सैन्य व्यवस्था र व्यूह रचनाले महाभारतको युद्धलाई रोचक बनाएको थियो। कसको सेनापतित्वमा कति दिन युद्ध भयो भन्ने तथ्यलाई महाभारत भन्छ–  

अहानि युयुधे भीष्मो दशैव परमास्त्रवित्  

अहानि पञ्च द्रोणस्तु ररक्ष कुरुवाहिनीम्।।

अहनी युयुधे द्वे तु कर्णः परबलार्दनः  

शल्योऽर्धदिवसं चैव गदायुद्धमतः परम्।।

भीष्म पितामह १० दिन, द्रोण पाँच दिन, कर्ण दुई दिन, सल्य आधा दिन, भीमसेन र दुर्योधनको गदायुद्ध आधा दिन चलेको थियो)। यी १८ दिनमा कौरवतर्फ माथि उल्लेख गरिएका महारथी सेनापतिका हैसियतले लडे।

महाभारतको युद्ध नीति  

युद्ध नियमसंगत तरिकाले लडिनुपर्छ। महाभारतको युद्धमा जुन किसिमको सैन्य शक्ति र युद्धका नियम बनाइए, त्यसले त्यो समयको युद्धनीतिलाई कुशल युद्ध नीति मानिन्छ। दुवैतर्फका सेनाप्रमुख बसेर बनाइएको युद्ध नीतिले त्यसबेलाको नियमलाई उद्घाटित गरेको छ। शस्त्रको प्रयोग निशस्त्रमाथि गर्न नपाइनेजस्ता युद्धका नियमको पूर्ण पालना त भएन, तर युद्ध नियमका परिधिमा पाण्डव र कौरव सेना बाँधिए। बिहान सूर्योदयमा आरम्भ भएको युद्ध सूर्यास्तमा समापनको घोषणा गरिन्थ्यो। युद्धको आरम्भ शंखघोषबाट हुन्थ्यो भने अन्त्य पनि शंखघोषबाट हुने गरेको थियो। त्यसैले त्यो युद्ध धर्मयुद्धका रूपमा मानिएको युद्ध हो।

आज हामी वैज्ञानिक अस्त्रशस्त्रले सम्पन्न छौँ। मानव वैज्ञानिक सम्पन्नताबाट पूर्ण छ। शक्ति सम्पन्न मुलुकहरू अस्त्रशस्त्रमा होडबाजी गरिरहेका छन्। आणविक अस्त्रशस्त्रको प्रयोग र निर्माणमा जुटिरहका छन्। जति शक्ति सम्पन्न भए पनि आजको युद्ध धर्मयुद्ध बन्न सक्दैन। आजको युद्ध रातभरि बमवर्षक विमानले बम बर्साउँछन् र दिनमा आराम गर्छन्। यस किसिमको युद्धलाई धर्मयुद्ध भन्ने आधार हामीसित छैन। अझ आजकल त जैविक हतियारको युद्ध हुन थालेको छ। मानिसलाई जैविक हतियारबाट समाप्त पार्ने रणनीतिमा आजका सम्पन्न मुलुक लागेका छन्। तिनीहरूको उद्देश्य मानव र मानवीय भावनाको रक्षा होइन। मानवलाई र मानवीय चेतनालाई समाप्त पार्नु हो। त्यसैले महाभारतकालीन समाज, तत्कालीन समाजको व्यवस्था र महाभारतको युद्ध पूर्ण वैज्ञानिक युद्ध मानिएको थियो। महाभारतको युद्धमा छल, कपट, षड्यन्त्र भएको थियो। त्यो कपट युद्ध जित्ने हेतुले भन्दा पनि असत्य, अधर्मलाई हराउने उद्देश्यले अभिप्रेरित रहेको थियो।

महाभारतमा अवशेष  

महाभारतमा १८ अक्षौहिणी सेना युुद्धमा होमिएका थिए। त्यो युद्ध तत्कालीन समयको भीषण युद्ध हो। त्यो युद्धमा बाँच्नेको संख्या दश रहेकोे छ। युद्धमा बाँचेकालाई लिएर महाभारत भन्छ –

कष्टं युद्धे दश शेषाः श्रुता मे

त्रयोस्माकं पाण्डवानां च सप्त।।

अर्थात् महाभारतको युद्धमा जम्मा १० जना नै जीवित रहेका थिए। कौरवतर्फ कुलगुरु कृपाचार्य, कृतवर्मा, अस्वस्थामा बाँचेका थिए। पाण्डवतर्फ पाँच पाण्डव, कृष्ण र सात्यकी। सात्यकी महारथी हुन्। सात्यकीलाई कृष्णको सारथी पनि मानिएको छ। पाण्डवपुत्रहरूको हत्या गरेबापत अस्वस्थामाको शिखा काटिएको थियो। तिमीलाई मृत्यु प्राप्त नहोस् भन्ने श्राप दिइएको थियो। त्यसैले उनी अष्ट चिरञ्जीवीमा गनिएका छन्। १८ अक्षौहिणी सेना रहेको उक्त युद्धमा बाँच्नेको संख्या १० मात्र रहेको छ। महाभारतको युद्धमा बाँचेका यी १० मध्ये सातजना पाण्डवतर्फ र तीनजना कौरवतर्फका थिए।

अठारको संयोग  

महाभारत प्राचीन ग्रन्थ हो। यो ग्रन्थमा १८ अंकको महत्वपूर्ण संयोजन छ। यो ग्रन्थमा १८ पर्व छन्। महाभारतको युद्धमा १८ अक्षौहिणी सेना थिए। महाभारतको युद्ध १८ दिन चलेको थियो। महाभारतमा यो १८ अंकको संयोजन संयोग हो वा चिन्तन हो। अंकका दृष्टिले ९ लाई पूर्ण मानिएको छ। सामान्यतया ८ जोड १ बराबर ९ हुन्छ। यो अंक पूर्ण मानिएको हुनाले यसको सम्बन्ध पूर्णतासित रहेको छ। महाभारतजस्तो अर्को कुनै ग्रन्थ आउनेछैन। त्यसैले महाभारत पूर्ण हो। १८ पर्वमा छ। यसरी कुनै ग्रन्थलाई १८ भागमा बाँडिएको छैन। पुराणहरू स्कन्धमा रहेका छन्। पुराणहरूको स्कन्धगत संख्या १२ रहेको छ। वाल्मीकिको रामायणलाई काण्डमा विभाजन गरिएको छ। रामायणमा जम्मा आठ काण्ड छन्। महाभारतसित १८ अंक गाँसिएको हुनाले पूर्ण छ। १८ दिन युद्ध भयो। यस्तो भयंकर नरसंहार र ठूलो युद्ध अब हुनेछैन। त्यसैले पूर्ण छ। १८ को अंकलाई हेर्ने हो भने ९ गुणा २ बराबर १८ हुन्छ, तर १ र ८ अंकलाई जोडेर हेर्दा १ जोड ८ बराबर ९ हुन्छ। त्यस्तै, ९ गुणा ३ बराबर २७, २ जोड ७ बराबर ९ नै हुन्छ। यो स्थिति ९० सम्म जाने हुन्छ। त्यसैले महाभारतसित ९ अंकको साइनो पूर्णताको रूपमा मानिएको हो। महाभारतमा सैन्य व्यवस्था र सैन्य संख्याको निर्धारण पक्रिया पूर्ण वैज्ञानिक रहेको तथ्य स्पष्ट देखापरेको छ। यो वैज्ञानिक अध्ययन प्राच्य परम्पराको देन हो। महाभारतमा १८ अंक संयोग मात्र होइन, यो पूर्णताको परिचायक पनि हो। अतः महाभारत पूर्णताले भरिएको एक सनातन परम्पराको प्राच्य ग्रन्थ हो। महाभारतको सैन्य व्यवस्थालाई आज पनि वैज्ञानिक व्यवस्थाका रूपमा स्वीकार गरिएको छ। युद्धनीति, रणनीति, राजनीति, अर्थशास्त्र, धर्मशास्त्र, मानवशास्त्र आदिका दृष्टिले पूर्ण रहेकाले महाभारत १८ अथवा १ जोड ८ बराबर ९ पूर्ण संख्यामा विभाजित ग्रन्थ हो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस