कविता : युगकवि सिद्धिचरण
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कविता : युगकवि सिद्धिचरण

 

दीनानाथ शर्मा 

तिम्रो हातमा कलम छ

नक्सा कोर्दै छौ देशको

र भर्दै छौ नसा–नसामा

सञ्चार देशभक्तिको

इतिहास कोर्दै भविष्यको

तिम्रो बारी रसिलो छ, भरिलो छ  

सिर्जनाको फूलबारीमा

ढकमक्क फूलहरू सप्तरंगी इन्द्रेणी

कति सुन्दर कति शान्त स्निग्ध

तिम्रो संसारमा सधैँ

उतै हराउन पाए...  

काव्य मञ्जरीको सुरभिभित्र ।

कठै मेरो संसार

न पारख न पौरख

न समाधि न साधना

न खेतीपाती सिर्जनाको

बाँझो मन रुखो खेतबारी

सिरु फुल्न सक्छ

सिस्नु पलाउन सक्छ मौसममा

तर कहिले पनि

वसन्तको वहार आउँदैन ।

सत्ताको डण्डा बोकेर

कठोर बनेको आत्मा

दिल खाली छ

दिमाग रित्तो छ

हराभरा कवि कलाकार र स्रष्टाहरू माझ

कागको फूल चोर्ने कोइलीका बीच

बकुल्लो बन्नुको पीडा छ ।

बोल्न पनि असजिलो असजिलो

के बोल्ने के नबोल्ने

१३ सालमा देवकोटाले सजाएको

शिक्षाको फूलबारी यो

कतै भत्कँदै

कतै खण्डहर बन्दै मूल्य र मान्यता

तिमी कोर्दैछौ नयाँ नेपालको नक्सा

हामी भत्काउँदै र बिथोल्दै छौ खण्डहर  

नयाँ बाटो बनाउन

त्यसैले के बोलौं के नबोलौं

खाली मन

सुस्क दिमाग

राजनीतिको भाषण ठोकेर जीवनभर

थकित र जीर्ण बनेको दिमाग

रसिक कलाकारबीच

आकलझुकल भेट्न पाउँदा

औधि आनन्द लाग्छ

प्रकृतितिर फर्केर उतै हराऊँ हराऊँ लाग्छ ।

आजभोलि कताकता

बन्दुक बोक्नेसित भन्दा

कलम बोक्नेसित

झन् ठूलो डर लाग्छ

त्यसैले के भनौं

के नभनौं

मेरो सम्मान स्रष्टालाई

मेरो श्रद्धासुमन सिद्धिचरणलाई

०००

यो धर्ती

यो आकाश

यी रूख बिरूवाहरू ।

त्यो हिमाल

त्यो हराभरा पहाडहरू



त्यो उर्वर मैदान

यो हावापानी

यो परिवेश

मेरो देश

मेरो मातृभूमि

म यसैमा हुर्कें–बढें

म यसैमा रमें रमाएँ

भन्दै  

ओखलढुंगाको गाथा सुनाए  

कवि सिद्धिचरण ।

०००

मेरा बाजेहरू विदेश गए होलान्  

मेरा बाजे–बराजु परदेशी भए होलान्

बर्मा, मलाया, जाभा र सुमात्रातिर  

कति उतै हराए होलान्

कतिले

विदेशी जर्सी र बुटहरू ल्याएर

अच्छा लेकिन यार मेरो पौरख भन्दै

साथी भाइलाई बाँडेर वीर गाथा सुनाए होलान्

आफ्नै लागि ।

तर मेरी आमा सधैं

लालाबाला बोकेर

दुःखसुख

पाखा–पखेरामा धाइन्  

सगरमाथाको पुछारतिर

त्यसैले उनले

आमाको छातीभित्र

देशभक्तिको गहिराइ नापे

आमाको मुटुभित्र

वात्सल्यको सगरमाथा नापे

एक पुजारी माटोको

एक सर्जक देशको

र गाथा सुनाए हामीलाई

जननि जन्म भूमिश्च...

मेरो प्यारो ओखलढुंगा

युगकवि

एक सच्चा देशभक्त

सिद्धिचरण

०००

यात्रा उनको

घरभित्रको

आँगन छोडेर केही दिन

प्वास गएका उनी

सम्झनाको आँसुले माटोको

चरण पखालेर चुम्दै

सम्झिरहे सधैं

आफ्नै गाउँघर पाखापखेरो

प्यार माटोको

सन्देश क्रान्तिको

खोजी न्याय र सत्यको

देश भक्तिको उपहार

चढाए आमाको पाउमा

मेरो प्यारो ओखलढुंगा

मरो श्रद्धा सुमन  

सिद्धिचरण ।

लोकप्रिय
अर्को समाचार
कविता : युगकवि सिद्धिचरणसंग
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कविता : युगकवि सिद्धिचरणसंग

मेरो प्रिय कविवर !

तिम्रो सम्झना किन आइरहेछ आज धेरै

तिम्रो अनुपस्थिति अभिशाप लागिरहेछ धेरै किन ?

हे युगकवि !

युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ

क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ

प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ

भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ

सांस्कृतिक जागरणको गीत गाउने तिमी एक्लो बृहस्पतिजस्ता कवि

जन्मँदा बोलेको भाषाको लागि यातना र जेल सहने कवि

धन्य हे कवि ! सिद्धिचरण थियौ, सिद्धिचरण रह्यौ ।

हो, क्रान्तिविना शान्ति हुँदैन, बुझेको तिमीले युवाहरूलाई

जो कठिन गिरिमा पनि चढ्न सिपालु साहसी थिए

हे युगकवि ! चम्कन चम्कनका लागि आह्वान गन्यौ

बिगुल फुक्दै सडकमा मंगलमानहरू  

इन्द्रचोक, रत्नपार्क, बागबजार हुँदै चक्रपथ घेराउ गर्दै बढे

प्रतिबन्धित घेरा तोड्दै जंगी ऐन तोड्दै

कतिले बार भत्काउँदै, कतिले इँटा हान्दै, लाठो खाँदै, गोली खाँदै  

अस्पताल भरे, जेल भरे, च्यामे, पोडेदेखि कुचिकारको आन्दोलन  

खुर्सानी काण्डदेखि  

सात साल, सत्र साल र छयालीस साल हुँदै ६२÷६३ सालको

जनआन्दोलनसम्म आइपुग्दा  

बगेका रगतले घर, गाउँ र सहादतले साटेको उपलब्धि  

संघर्ष र बलिदानले ल्याएको परिवर्तन, तर खोक्रो, सतहमा किन पुग्दछ ?

आदर्श हाम्रो नेतृत्व किन दिग्भ्रमित र भ्रष्टमा रूपान्तरित हुन पुग्छ हे युगकवि ?

मात्र सत्ता नारायणहिटीबाट सिंहदरबार स्थानान्तरित भएछ

वंशानुगतबाट अब दलगत बहुमतमा रूपान्तरित मात्र हुन पुगेछ

तर निरंकुशता बलियो र जिउँदो ठडिएका छन्

नयाँ सडक र टुँडिखेल वरिपरि शालिकमा मात्र कविजी  

सामाजिक न्यायका र समानताका लागि

जातपात र जातीय  भेदभावका विरुद्ध

शोषण र असमानताका विरुद्ध

मानवताको गीत गाउने, प्रजातन्त्रका उन्नायक कवि

देशभक्तको  गीत गाउने राष्ट्रवादी कवि  

तिम्रा ती ऐतिहासिक र स्वच्छन्द भाव र विचारका ओजस्वी कविता ।

तिम्रो प्यारो आजको ओखलढुंगाझैँ मरुस्थलमा उम्रेका साना पोथ्रा

जलकणका मात्र मायावी ओएसिस भए ।

हे युगकवि ! तिमीसँग पैसा थिएन र ?  

उर्वशीझैँ  तिम्रा छोरीहरू अरब पुगेर बलात्कृत हुँदै खालि हात फर्किए घर  

छोराहरू विदेश पुगेर ठगिँदै रित्तोे हात फर्किए घर

कतिको लास सडेको मात्र फर्किए,  

तर धेरैजसो देशभित्र नै लुटिए, चुसिए, ठगिए

अझ कति आन्दोलन र क्रान्तिदेखि वाक्कप्याक्क भएर भाग्दैछन् अरबको मरुभूमितिर

महाकालको दुलोमा अनन्तको पुच्छर तिम्रा सन्तानहरु ठगिने र बलात्कृत हुने क्रमको अनन्तताको अनन्त अनन्तता

जस्ता कोलाहलका बीच फेसबुकमा तिम्रो स्टाटस भर्खरै सबैले पढे,

नानीहरूले लोकतन्त्र गणतन्त्र र नयाँ नेपाल

हामी सबैको हाम्रो नेपाल  

ब्याक टु मंगलमान  

रातभरि करायो दक्षिणा त नाइँ !  

माछो माछो भ्यागुतो भो मंगलमानलाई !

सिंहदरबार, बालुवाटार हुँदै शीतलनिवास  

कहिले महाराजगञ्ज, बल्खु हुँदै प्यारिस डाँडाको बाटो  

लोकतन्त्रको डाँडोमा पु¥याउन बोकेको

मंगलमानले बोकेको काँधमा त्यो क्रान्ति र आन्दोलनको दायित्व

सिसिफसको ढुंगा भएर लुड्किन्छ

दलको दलदलबाट निर्दलको भासभित्र फेरीमा किन ?

है युगकवि ! हजारौँ सहिदको रगतले साटेको लोकतन्त्र

ज्यान आहुति दिने संघहरू नै जो थियो शक्ति हाम्रो सधैं ।

किन निर्दलको खोजीमा सत्ता र शक्ति कुम्लो पारेर कुदे...

अभिशापको यो निरन्तरताको अनन्नता महाकालको दुलोमा अनन्तको

पुच्छर...

६ दशकको यो हिँडाइ

समानता र सामाजिक न्याय

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान

परिवर्तनविरोधी र परचक्रीको भकुन्डो भो ।

कि सुदूरबाट नियन्त्रकले हाम्रा नेतृत्व र बुद्धिजीवीको  

मन र मस्तिष्कबाट सदाका लागि डिलिट गरिदियो ?  

न कतै न कहिले पहुँच पाउने भए निरीहले, हरिपले, अबलाले,

सीमान्तकृतले  

न कहिले तिनको पहिचान हुने भो कायम इतिहासमा

अभिशप्त छ मंगलमान, केवल मंगलमान हुन करा

सदालाई ? किन कुन कालतक ?  

(काइँला युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष हुन् ।)

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस