मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ। एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन्। त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ। ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ।
त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ। प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ। यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन। तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन्।
मनसुन अफर अन्तर्गत रु. ५० देखि रु. ९९ सम्मको प्याक खरिद गर्ने ग्राहकले ५ % क्यासब्याक पाउनेछन्, रु. १०० देखि रु. २०० सम्मको प्याकमा १० %, रु. २०१ देखि रु. ४९९ सम्मको प्याकमा १५ % र रु. ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० % सम्मको क्यासब्याक रिवार्ड पाउनेछन्।
“ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ। यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने।
“प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ। हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, हाम्रो एप नै एनसेलले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो। हामी हाम्रा ग्राहकहरूले मनसुनको मजा वर्षामा मात्रै होइन, प्रत्येक रिचार्ज मा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ।”
यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो। एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ।
यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
नेपाल लिकर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (CEO) श्री अभनिश वीर सिंह तुलाधर सिङ्गापुरमा सम्पन्न "एशिया बिजनेस लिडर्स अवार्ड्स" मा प्रतिष्ठित "सीईओ अफ द इयर" (CEO of the Year) अवार्डबाट सम्मानित हुनुभएको सहर्ष जानकारी गराउँदछौँ ।
यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गरेको छ । "एशिया बिजनेस लिडर्स अवार्ड्स" ले प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरूलाई उनीहरूको नेतृत्व, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगहरूमा पुर्याएको रूपान्तरणकारी योगदानको कदर गर्दै सम्मानित गर्दै आएको छ ।
नेपाल लिकर्सको डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेपछि श्री तुलाधर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा नियुक्त हुनुभएको हो । 'जेनेरेसन जी' (Gen Z) पुस्ताका गतिशील नेतृत्वकर्ता श्री तुलाधरले युनिभर्सिटी अफ रिचमण्ड (University of Richmond) र इसेक बिजनेस स्कुल (ESSEC Business School) बाट उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याउनुभएको छ । उहाँको नेतृत्वले संस्थागत विरासतलाई चुस्त नवप्रवर्तनसँग जोड्दै बजारमा नयाँ गतिशीलता प्रदान गरेको छ ।
"यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु । यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो । म यो अवार्ड हाम्रा संस्थापक मेरा पूज्य हजुरबुबा स्व. श्री भक्त वीर सिंह तुलाधरको दूरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु । हामी नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध छौँ।"
– श्री अभनिश वीर सिंह तुलाधर, प्रमुख कार्यकारी अधिकृत, नेपाल लिकर्स प्रा. लि.
नेपाल लिकर्सको सम्पूर्ण टोली श्री तुलाधरलाई यो योग्य सम्मानका लागि हार्दिक बधाई ज्ञापन गर्दछ र उहाँको प्रेरणादायी नेतृत्वमा भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने अपेक्षा राख्दछ ।
नेपाल लिकर्स प्रा. लि. को बारेमा
वि.सं. २०३६ मा स्थापित नेपाल लिकर्स प्रा. लि. नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरूको उत्पादन, मिश्रण र वितरण गर्दै आएको एक अग्रणी कम्पनी हो । डियाजियो (Diageo) जस्ता विश्वप्रसिद्ध ब्रान्डको विश्वासिलो फ्रान्चाइज पार्टनरका रूपमा कार्यरत नेपाल लिकर्सले सिग्नेचर ह्विस्की (Signature Whisky) र स्मिरनोफ भोड्का (Smirnoff Vodka) जस्ता प्रसिद्ध ब्रान्डहरू उत्कृष्ट गुणस्तर, नवप्रवर्तन र व्यावसायिक नैतिकताका साथ उत्पादन गर्दै आएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।