आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
०२ असोज २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।  

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डेयले जानकारी दिए। उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रुपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन्। निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

लोकप्रिय
अर्को समाचार
'परीक्षणकालीन लाइसेन्सलाई नै स्थायी लाईसेन्स बनाऔं’
०३ जेष्ठ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
'परीक्षणकालीन लाइसेन्सलाई नै स्थायी लाईसेन्स बनाऔं’
अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगर यातायात कार्यालयका कामलाई व्यवस्थित गर्न निर्देशन दिंदै। तस्बिरः सन्देश÷नागरिक

पोखरामा सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) लिने परीक्षा पास गरेपनि लाइसेन्स आउन करीब एक वर्ष लाग्छ। स्मार्ट लाइसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाइसेन्स प्रिन्टमा भएको ढिलाईले गर्दा सेवाग्राहीले समयमा लाइसेन्स नपाउने स्थिति बनेपछि गण्डकी प्रदेश सरकारको सहयोगमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीले परीक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण शुरु ग¥यो। जसले गर्दा सेवाग्राहीले केहि राहतको अनुभूति त ग¥यो तर ढुक्क हुने स्थिति भने बनेन। किनकी कास्की कार्यालयले जारी गरेको उक्त लाइसेन्स गण्डकी प्रदेशमा मात्र मान्य हुनेगर्छ। अन्य प्रदेशमा जाने वित्तिकै त्यो अस्थायी अनुमति पत्रले काम नगर्ने भएकाले सेवाग्राहीले दुःख पाउने गरेका छन्।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली मगरले बुधकार छड्के अनुगमन गर्ने क्रममा कार्यालय प्रमुख जितेन्द्रजंग केसीले अस्थायी अनुमति पत्रलाई नै स्थायी मान्यता दिने वातावरण बनाउन आग्रह गरेका छन्। मन्त्री मगरलाई कार्यालयको कामकारवाहीबारे जानकारी गराउँदै उनले भने,'विभागबाट प्रिन्ट गरेर लाईसेन्स आउन करीब एक वर्ष लाग्छ। त्यतिञ्जेलका लागि हाम्रो कार्यालयले परीक्षणकालीन अनुमति पत्र दिन्छ। तर दोहोरो लाईसेन्स दिइरहनु आवश्यक छैन। बरु हामीले दिएको अस्थायी लाईसेन्सलाई नै स्थायी लाइसेन्स बनाउन प्रस्ताव भनौं कि माग भनौं यो राख्न चाहन्छु।’

प्रमुख क्षेत्रीले विभागले सञ्चालन गरेको सफ्टवेयरमा बेलाबेलामा समस्या आउने, ईरर आउने समस्या बारम्बार देखिदा सेवाग्राही मर्कामा पर्नेगरेकोपनि गुनासो गरे। 'प्रदेशलाई नै सफ्टवेयर चलाउने जिम्मा दिए धेरै कुरा सुधार गर्न सकिन्छ’–उनले भने।

मन्त्री मगरलेपनि कार्यालय प्रमुखको कुरामा सहि थप्दै प्रदेशलाई नै सफ्टवेयर सञ्चालनको जिम्मा दिनुपर्ने बताए। उनले भने,'केन्द्रीकृत मानसिकताले हो कि किन हो केन्द्रले सफ्टवेयर सञ्चालनको जिम्मा प्रदेशलाई दिनै चाहेन। तर यो जिम्मा दियो भने यातायातमा सुधार हुन्छ।’

मन्त्री जुग्जालीले लाईसेन्स लिनका लागि घण्टौं लाईनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिए। त्यसका लागि लाईनलाई व्यवस्थित गर्न निर्देशन दिदै उनले भने,'यो कार्यालय सबैको नजरमा पर्छ। थोरै तलमाथि भयो भनेपनि गुनासो आईहाल्छ। त्यसैले गुनासो नआउने गरी काम गर्नूस्।’ पहिले भन्दा केहि सुधार भएपनि थप सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याए। 'यहाँ घण्टौं बस्दापनि सेवाग्राहीले खानेपानी नपाउने रहेछन्। पानी पिउन जाउँ लाईन छाडिने डर, नजाउँ प्यास लागेको छ। त्यसैले अबदेखि सेवाग्राहीले पानी पिउने व्यवस्था गर्नू–उनले निर्देशन दिए। उनले पचास वर्ष कटेका सेवाग्राहीलाई लाईन नबसी सेवा लिने ब्यबस्था गर्न तथा आफ्नै सवारी साधनबाट ट्रायल दिने ब्यबस्था मिलाउनपनि निर्देशन दिए।

कार्यालय प्रमुख केसीले भने बजेट अभावमा खानेपानीको व्यवस्था गर्न नसकेको जवाफ फर्काए। हामीले धारा जोडिसकेका छौं तर खानेपानी कार्यालयले पानी छाडेको छैन, उनले भने,'जारको पानी ल्याउन बजेट छैन। बजेट भयो भनेचाहिं तुरुन्तै व्यवस्था गर्न सक्छौं।’

क्षेत्रीले कार्यालयलाई चुस्तदुरुस्त राख्न सुधारको प्रयास गरिरहेको बताए। तर केहि प्राविधिक समस्याले गर्दा केहि समय लिएको बताउँदै उनले भने,'हामीले कमजोरी सुधार्न यातायात विभागलाई लेखेर पठाएका छौं तर खै किन हो सम्बोधन भइसकेको छैन। सुधारको लागि केहि समय त लाग्ने रहेछ। प्रविधिमा अभ्यस्त हुनपनि समय लाग्ने रहेछ।’

अनुगमनका क्रममा भेटिएका सेवाग्राहीले मन्त्री जुग्जालीलाई लाईन व्यवस्थित नहुँदा शास्ती बेहोर्नुपरेको बताए। घण्टौं लाईन बस्दापनि पालो नआउने गुनासो गर्दै उनले भने,'तर पावर भएकाहरु र पालो मिचेर जानेहरुले केहि क्षणमै लाईसेन्स लिने गरेका छन् मन्त्रीज्यू, सबैले समान तरिकाले पाउने व्यवस्था मिलाईदिनु प¥यो।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस