सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैंया तोकिएको छ। अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० रुपैंयामा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैंयाले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैंया कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैंयाले घटेर एक हजार २६० रुपैंया तोकिएको महासङ्घले जनाएको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ८४६ डलर आसपासमा कारोबार भइरहेको छ। रासस
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय रुपैँया तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय रुपैँयामा कारोबार भएका थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय रुपैँया थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ रुपैँया कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।