मास्क नलगाउने एक सय जनालाई कारवाही
१६ साउन २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
मास्क नलगाउने एक सय जनालाई कारवाही

मास्क नलगाएर हिड्ने एक सय जनालाई जुम्ला प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पहिलो दिनमा एक सय जनालाई कारवाही गरिएको हो । मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरेर पठाउने गरिएको हो ।  

मास्क नलगाउने कम छन् । ९० प्रतिशतले मास्क लगाउँछन् । जुम्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामीले भने, ‘अधिकांशले खल्तीमा मास्क बोकेर पनि नलगाएर हिडेको भेटियो ।’

सदरमुकाम खलंगाको बालमन्दिर, कालेखोली चोक र बसपार्कमा प्रहरी परिचालन गरिएको छ । डिएसपी धामी भन्छन्,‘मास्क नलगाउनेलाई समातेर सचेतना दिने, मास्क लगाउन भन्ने र अटेरी गर्नेलाई कारवाही गर्ने गरिएको छ ।’

मास्क नलगाउनेबाट १० हजार रुपैयाँ राजश्व संकलन भएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आफैं घरदैलोमा पुगेर मास्क वितरण गरेका थिए । उनले मास्क लगाएर कोराना भगाउनको लागि आग्रह गरेका थिए । सामाजिक दुरी कायम गर्न र मास्क लगाउन, सेनिटाइजर र साबुन पानीले हात धुनको लागि सचेत गराएका थिए ।  

पछिल्लो समय कोराना संक्रमितको संख्या बढिरहँदा जुम्लामा उच्च सतर्कता अपनाइएको हो । जुम्लामा आठ सय क्वारेन्टिन बेड छन् । एक सय २० बेडको आइसोलेसन छ । यहाँका चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । जुम्लाका ६९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । दैनिक कोराना परीक्षण भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।  

मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरेर एक मास्क लगाइदिएर पठाउने गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय संग समन्वय गरेर मास्क उपलब्ध गराउने गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा अनिवार्य मास्क लगाएर मात्र घरबाहिर निस्कन आग्रह गर्छन् ।  

उनले भने,‘कोराना भाइरसको संक्रमण फैलनमा सक्ने खतरा छ । त्यो बाट जोगिन सबै सचेत हुनुपर्छ ।’  

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार मास्क नलगाएर ५२ जना बालबालिकालाई सम्झाइ बुझाइँ घर पठाइएको छ । केहीलाई मास्क दिएर पठायौँ । केहीलाई सम्झाएर पठाएका छौँ, उनले भने,‘उनीहरुले आफ्नै सुरक्षाको लागि मास्क प्रयोग गर्नु पर्ने भन्ने महशुस गरेर फर्किएका छन्।

लोकप्रिय
अर्को समाचार
सल्यानमा मास्क नलगाउने १२ सय बढीलाई कारवाही
१७ साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सल्यानमा मास्क नलगाउने १२ सय बढीलाई कारवाही

सरकारले मास्क नलगाएर हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएपछि सल्यानमा मास्क नलगाउने १ हजार २ सय बढी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले गृह मन्त्रालयको परिपत्र अनुसार गत असार २७ गते देखि मास्न प्रयोग नगर्नेहरूलाई कारवाही गर्न थालेको हो । 

असार २७ यता सल्यानमा १ हजार २ सय ४६ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ‘गृहमन्त्रालयको निर्देशन बमोजिम मास्क प्रयोग नगरेर बाहिर हिँडेकाहरूलाई असार २७ देखि कारवाही गर्न सुरु गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सल्यानले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘त्यसयता जिल्लामा १ हजार २ सय ४६ जनालाई कारवाही गरिएको छ ।’ प्रहरीले मास्क प्रयोग नगरेकाहरूलाई कारवाही स्वरुप प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । 

१ हजार २ सय ४६ जनालाई कारवाही गरेको सल्यान प्रहरीले उक्त कारवाहीबाट १ लाख २४ हजार ६ सय रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।

लकडाउन खुल्ला गरेसंगै मास्क प्रयोगकर्ताहरूको संख्या पनि पातलिँदै गएपछि गृहमन्त्रालयले मास्क प्रयोगमा अनिवार्य गरेको हो । मास्क प्रयोग नगरेको खण्डमा कारवाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको थियो । रोग संक्रामक रोग ऐन २०२० अनुसार मास्क प्रयोग नगर्नेहरूलाई १ सय रुपैयाँ जरिवाना गर्नेगरि गृहले प्रहरीलाई निर्देशन दिएको थियो ।  

प्रहरीले यसलाई पहिलो चरणको कारवाही समेत भनेको छ । ‘रोग संक्रामक रोग ऐन २०२० अनुसार मास्क प्रयोग नगर्नेहरूलाई १ सय रुपैयाँ जरिवाना गर्नेगरि पहिलो चरणको कारवाही प्रकृया अगाडी बढाईएको हो,’ जिल्ला प्रहरी कार्यालयले सल्यानले भनेको छ । 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस