जुनसुकै ससमयमा खुल्दै आएका खाद्यान्नसहित दैनिक उपभोग्य बस्तु बिक्री गर्ने ताप्लेजुङका बजार पसलमा शुक्रबारबाट बिहानभरमात्र खुल्ने भएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको बिहीबार बसेको बैठकले तरकारी तथा फलफूल बिक्री हुने पसल बिहान १० बजे अघिसम्म र खाद्यान्न बिक्री गर्ने पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष विकास गौतमले दिनभर हुने भीडभाड नियन्त्रणका लागि बाणिज्य संघ यस्तो निर्णयमा पुगेको जानकारी दिए । खाद्यान्न,फलफूल तथा तरकारी र दैनिक उपभोग्य बस्तु सहितका अत्यावश्यक सेवा बिक्री गर्ने पसल बाहेक अन्य बजार पसल भने पूर्णतया बन्द रहने निर्णय बाणिज्य संघले गरेको छ ।
निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन्
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना संक्रमणको महामारीको अवस्थामा क्रमशःसुधार आएपनि संक्रमणको अवस्था पूर्णतया सुधार भईनसकेकोले निषेधाज्ञाको अवधि बढाइएको जानकारी दिए। प्रजिअ पाण्डेका अनुसार बैंकहरुको सेवा बिदाका दिन बाहेक अरु दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्मका लागि कायम गरिएको छ।
अत्यावश्यक काम परेको अवस्थामा अरु सरकारी कार्यालयले पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बढीमा एक चौथाइ कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न सकिने भएको छ। यातायात,शैक्षिक संस्था,अत्यावश्यक काम मानिसको अनावश्यक हिड्डुल माथिको प्रतिबन्ध भने कायम गरिएको छ।
आर्थिक वर्षको समाप्तीको अवधि पनि हुन लागेकोले योजनाको अन्तिम भुक्तानी लगायतलाइ ध्यानमा राखेर सरकारी कार्यालयहरुमा अत्यावश्यक कामहरु गर्न सकिने तर ति सबै कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।