कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु,४ घाइते
०५ फागुन २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु,४ घाइते

भारतको महाकुम्भ मेला स्नान गरेर फर्किँदै गरेको गाडी भारतमा दुर्घटना हुँदा नेपालका तीन जनाको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा गाडीमा सवार देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेका प्रहरीले जनाएको छ।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।  

भारतमा भएको दुर्घटना भएका कारण जानकारी लिने क्रममा रहेको प्रहरीले जनाएको छ। 

थप विवरण आउन बाँकी रहेको रुपन्देही प्रहरीले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते
०४ साउन २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते
मदनभण्डारी राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुली हेटौडा सडक खण्डको हरिहरपुरगढी नजिकैको सडक । तस्बिर: अनिल भण्डारी/नागरिक

पछिल्लो समय सिन्धुली राजमार्गहरूको हब नै बनेको छ । तीन ठुला राजमार्गको प्रत्यक्ष पहुँचमा सिन्धुली छ । तर राष्ट्रिय राजमार्गको पहुँचसँगै सिन्धुलीमा दुर्घटना बढ्दै गएको छ ।  सिन्धुली हुँदै तीन ओटा राष्ट्रिय राजमार्ग निर्माण भएका छन् । ती राजमार्गमा पछिल्लो समय दुर्घटना बढ्दै गएको हो ।

निर्माण सम्पन्न भएका तथा निर्माणाधीन राजमार्गहरू नै पछिल्लो समय काल बन्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा दुई सय बढी दुर्घटना भएका छन्। जसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क छ । २०८१ सालको साउन देखि हालसम्म बिपी राजमार्ग, मदनभण्डारी राजमार्ग पुष्पलाल मध्य पहाडी तथा भित्री सडकमा २ सय ५ ओटा सवारी दुर्घटना भएका छन् ।

तीन ओटा राजमार्गमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ३० जनाले दुर्घटनामा ज्यान गुमाएका छन् भने ५ सय २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । साँघुरो र घुमाउरो सडक, तीव्र गति, ट्राफिक चेतनाको कमी, सडकका ट्राफिक चिन्हहरू मर्मत सम्भारको अभावका साथै चालकको लापरबाही तथा जोखिमपूर्ण सडकका कारण दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन्।

बिपी राजमार्ग तथा मध्य पहाडी राजमार्गका विभिन्न ठाउँमा राखेको सडक सुरक्षाका ट्राफिक चिन्हहरू मर्मत गर्नुपर्ने बेला भएको छ । मर्मत नहुँदा रातिको समय यात्रा गर्दा जोखिम भएको छ । यस्तै दिउसै पनि हुस्सु लाग्दा सडकका चिन्हहरू नहुँदा यात्रामा समस्या भएको चालकहरू बताउँछन् । मदनभण्डारी राजमार्ग फराकिलो र ठुलो राजमार्ग बनेको भएपनि घुमाउरो छ । राजमार्ग घुमाउरो मात्रै छैनन् राजमार्गमा अन्नबाली सुकाउने तथा सडक पार गर्दा स्थानीयले सुरक्षा सतर्कता नअपनाउँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् ।

राजमार्ग पिचको हिसाबमा राम्रो छ, ठुलो पनि छ, दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले नागरिकसँग भने, तर गति तीव्र गर्दा घुमाउन सक्नुभएको छैन, जसले गर्दा दुर्घटना भएको छ । यस्तै ग्रामीण क्षेत्रमा राजमार्ग बनेकाले स्थानीयमा जनचेतनाको समेत कमी भएको उनको भनाई छ । पछिल्लो समय टिपर सहित ठुला गाडीको चाप पनि बढ्दै गएको छ, पूर्वका यात्रुवाहक सवारी धेरै यही राजमार्ग भएर आवतजावत गर्छन्, उनले भने, त्यसैले दुर्घटना पनि बढिरहेको छ । दुर्घटना न्यूनीकरण गर्न जनचेतना जगाउने होर्डिङ बोर्डहरू राख्ने चेकजाँचमा कडाइ गर्ने काम आफूहरूले गरिरहेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गमा ८२ ओटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने २ सय २३ जना घाइते भएका छन् यस्तै मदनभण्डारी राजमार्गमा ७८ ओटा दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने २ सय ८ जना घाइते भएका छन् । यस्तै पुष्पलाल मध्य पहाडी राजमार्गमा ७ ओटा दुर्घटना भएको छ । १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

यस्तै भित्री सडकहरूमा ३८ ओटा दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ७४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता सूर्यप्रकाश सुवेदीको भनाई छ । बिपी राजमार्ग निकै साँघुरो र घुमाउरो राजमार्ग हो, उनले भने, यो राजमार्गबाट यात्रा गर्दा निकै सजगता अपनाउन आवश्यक छ, । राजमार्गको खनियाखर्क क्षेत्रमा हुस्सु लागेर दिउसै बाटो नदेख्ने हुन्छ यस्तो बेला गति न्यून गर्न आवश्यक छ, उनले भने ।

दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइका साथै ट्राफिक जनचेतना समेत दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यान्त्रिक समस्या, उकालो घुम्ती सडक धेरै भएकाले दुर्घटना भएको देखिएको छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख एसपी लालध्वाज सुवेदीले भने, चालकको लापरबाहीले पनि दुर्घटना भएको छ । उनका अनुसार ट्राफिक जनशक्तिको अभावमा पनि चेकजाँचमा कडाइ, चालकलाई सचेतना टाइमकार्डको लागु जस्ता कार्य गरिरहेको उनको भनाई छ । 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस