वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ। विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ। सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो। अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ। यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए।
वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत नायब सुब्बा प्रमोद निरौला पन्ध्र हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।
आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको छ।
निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।