सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंह हिंस्रक, घमण्ड र शासककै प्रतीक भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि ढकालले यस्तो बताएका हुन्। ढकालले आइतबार एक कार्यक्रममा भाषण गर्दै नेपालमा सिंह नभएकाले सिंहदरबारको नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए। सो पश्चात् उनको आलोचना भएको थियो।
ढकालले मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य सामाजिक सञ्जालमा देखेको बताउँदै त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको नभइ अलि पहिल्यै नै पढेको भनाइ राखे।
'मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखें! त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ,' सामाजिक सञ्जालमा उनले लेखे, 'त्यो दरबारको स्वभाव–भाव भङ्गी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो।त्यो दरबारको स्वभाव–भाव भङ्गी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो।'
यस पटकको परिवर्तन नभइ पहिले-पहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए त्यसको पनि परिवर्तन गरेर अरु नै नाम राखिदिएको भए हुने थियोआफूले भनेको बताए।
'म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन,' उनले भने, 'सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो शासक कै प्रतीक हो!'
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।