आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि म्याग्दीको दुई मतदान केन्द्रबाट मतपेटिका ओसार्न हेलिकप्टरको प्रयोगका लागि सिफारिस गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाकै अति विकट धवलागिरी गाउँपालिका–१, गूर्जा र वडा नं ४ मुदी बगरलाई हेलिकप्टरबाट मतपत्र ढुवानीका लागि सिफारिस गरेको हो।
भौगोलिक रुपमा विकट तथा सडक सञ्जाल नपुगेको गुर्जा र बगरबाट पैदलमार्गबाट मतपेटिका ल्याउन करिब दुई दिन लाग्ने भएपछि हेलिकप्टरको आवश्यकता रहेको सुरक्षा समितिको निर्णयलाई पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए।
‘प्रस्ताव अनुसार आए मतगणना अगाडी नै हुन्छ,‘हेलिकप्टर नभए सडक सञ्जलाबाटै ल्याउँछा’ सहायक प्रजिअ शर्माले बताए। पहिलो प्राथमिकतामा गूर्जा र बगरलाई राखिएको छ भने रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेबाट समेत हेलिकप्टरमै मतपेटिका ल्याउँदा सहज हुने बताइएको छ। यसपटक थपिएको नयाँ मतदान केन्द्रमा मुदीको बगर समेत अति विकटमा पर्छ।
गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
हेलिकप्टर बिहानै पठाउने तयारी भएपनि बाक्लो हुस्सुका कारण ढिला भएको प्रजिअ आचार्यले जानकारी दिए। दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ। तीन पटकमा चुमनब्री गाउँपालिकाको २२ वटा केन्द्रका मतपेटिका ल्यानेछ।
गोरखा नगरपालिका वडा नं ८ स्थित आहालेमा हेलिकप्टर अवतरण गरी त्यहाँबाट गाडीमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी गराइएको छ। अन्य केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आईसकेको प्रजिअ आचार्यले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।