नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत
०७ भदौ २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो।  

शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ।  

राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसद्मै फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाए पनि प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो। विधेयकका पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो। अहिले यो विधेयक प्रतिनिधिसभाले पारित गरेर सन्देश राष्ट्रियसभामा पठाएको छ।  

प्रतिनिधिसभाको बैठक मंगलबारका लागि बोलाएर राष्ट्रियसभाको बैठक भने अजेन्डा हुँदाहुँदै एक साता पर धकेलिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नागरिकता विधेयकलाई लिएर व्यापक विरोध भइरहेका बेला राष्ट्रपति भण्डारीले यही निहुँमा राजीनामा गर्न सक्नेसम्मको आकलन हुन थालेपछि केही समय ढिलाइ गर्ने रणनीति सत्तापक्षले अंगीकार गरेको हुन सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ। संसद्को कार्यकाल सकिन एक महिना पनि बाँकी छैन। यो विधेयक अहिले पारित भयो भने त्यसले आफ्नो मत घटाउन सक्छ भन्ने अनुमान सत्तारूढ दलहरूले गरिरहेका छन्। राष्ट्रियसभामा ढिलाइ गर्दै संसद्को एक महिने कार्यकाल गुजार्न सकियो भने सबै पक्षलाई सजिलो हुन्छ भन्ने बुझाइ ती दलमा रहेको अनुमानसमेत भइरहेको छ। नेपाली कांग्रेस पनि यो विधेयकलाई जोडबल गरेर अघि बढाउने काममा सुस्त देखिन थालेको छ।  

यता सरकारले नागरिकता विधेयकजस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई फास्ट ट्र्याकबाट अघि बढाउने तयारी गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीमा यो विधेयक टेबुल गर्ने विषय राखिएको छ। विधेयक टेबुल भएपछि अर्को बैठकमा ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पारित गर्ने र संशोधनको समय दिने तयारी सरकारको छ। संशोधन जति आए पनि तिनलाई समितिमा पठाउने तयारीमा सरकार देखिन्न। यसलाई नागरिकता विधेयकजस्तै सदनबाटै पारित गर्ने मनशायमा सरकार रहेको छ।  

प्रमुख प्रतिपक्षी एमालेले भने फास्ट ट्र्याकमा पारित गर्ने तयारीप्रति विरोध जनाउँदै आएको छ। एमालेका नेताले सरकारसँग बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक गम्भीर प्रकृतिको भएकाले यसलाई फास्ट ट्र्याकमा लैजान नहुने भन्दै सरकारलाई जानकारी दिएको छ। प्रतिनिधिसभाले पारित गरेका विधेयकलाई राष्ट्रियसभाले पारित गर्न ढिलाइ गरे दुवै विधेयक अलपत्र पर्नेछन्।  

शोकप्रस्ताव पारित  

संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सोमबार बसेको बैठकले कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। दुवै सदनका बैठकले प्रतिनिधिसभाका बहावाला सदस्य गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो।  

सो अवसरमा उनको सम्झनामा दुवै सदनमा एक मिनेट मौनधारणसमेत गरिएको थियो। प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले र राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। २००६ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा घाँटीको क्यान्सरको उपचारका क्रममा यही भदौ ४ गते शनिबार उनको निधन भएको हो। गिरि नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनी २०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य हुँदै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।  

लोकप्रिय
अर्को समाचार
कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
११ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन्। मल्ल एकीकृत समाजवादीका तर्फबाट, विक माओवादी केन्द्रका तर्फबाट र रोकाय नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।

प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन्।

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे। 

अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे।

कर्णाली प्रदेशसभाका ४० मतदाता मध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन्। यस्तै राप्रपाका एक मतदाता छन्। राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो। स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन्। गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिन्छ भने दलित र अन्यतर्फ गठबन्धनका एक–एक जनाले एमाले उम्मेदवारलाई भोट दिएको देखिन्छ। यस्तै अन्यतर्फ प्रदेशसभाका एक सदस्यले गठबन्धनलाई भोट दिएको देखिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस