नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन्।
सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।
एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए। उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाए।
त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए। सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिस्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन्। एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिए। अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ।
राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन्। मल्ल एकीकृत समाजवादीका तर्फबाट, विक माओवादी केन्द्रका तर्फबाट र रोकाय नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।
प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन्।
यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे।
अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे।
कर्णाली प्रदेशसभाका ४० मतदाता मध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन्। यस्तै राप्रपाका एक मतदाता छन्। राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो। स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन्। गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिन्छ भने दलित र अन्यतर्फ गठबन्धनका एक–एक जनाले एमाले उम्मेदवारलाई भोट दिएको देखिन्छ। यस्तै अन्यतर्फ प्रदेशसभाका एक सदस्यले गठबन्धनलाई भोट दिएको देखिन्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।