नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संघीय र प्रदेश चुनावमा गठबन्धनमा चाहिने भन्दा बढि आशा र रिल्याक्स नगर्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।
उनले ललितपुर माओवादीले आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा स्थानिय चुनावमा गठबन्धनमा धेरै भरोसा गरेकाले अपेक्षा गरेभन्दा कम सिटमा बिजय प्राप्त गरेको बताए।
‘गठबन्धनमा चाहिने भन्दा बढी आशा र रिल्याक्स गर्नुहुँदैन जुन विगतको स्थानीय तहको चुनावमा हामीले भोगेका छौं’, दाहालले भने। उनले चुनावी चाबी माओवादीसँग भएको र त्यो चाबी खोल्नका लागि गठबन्धन र चुनावी तालमेल आवश्यक भएको पनि बताए।
दाहालले आगामी चुनावमा माओवादी अरु दलसँग तालमेल गर्न नजाने बरु कांग्रेस र एमालेलाई आफ्नो पार्टीसँग मिल्न आउनै पर्ने बनाउनु पर्ने बताए। ‘कांग्रेस र एमालेलाई माओवादीसँग मिल्न आउनै पर्ने बनाउनुपर्छ’, उनले भने।
दाहालले त्यसैले यस पटकको चुनावमा गठबन्धनसँग धेरै आशा नगर्न पनि कार्यकर्तालाई अर्थाएका छन् र्। गठबन्धन नभएपनि एक्लै भिड्ने हो भन्ने तयारी गरौं’, उनले भने।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।