सांसदको लेबी मासिक १४ हजारसम्म
१९ पौष २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
सांसदको लेबी मासिक १४ हजारसम्म

संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ।

नेपाली कांग्रेसले पनि २०७० सालदेखि सांसदसँग लेबी लिन थालेको छ। प्रतिसांसद १० हजार रूपैयाँ लेबी लिँदै आएको कांग्रेसले प्रतिधिधिसभामा ६१ सांसद र राष्ट्रियसभाका ७ गरी ६८ सांसदबाट प्रतिमहिना ६ लाख ८० हजार रूपैयाँ लिने गर्छ। कांग्रेसका प्रतिनिधिसभाका २ सांसद निलम्बनमा रहेकाले ६१ सांसदबाट मात्रै लेबी लिने गरेको हो।  

नेकपा माओवादी केन्द्रले १२ हजार रूपैयाँका दरले लेबी लिने गर्छ। प्रतिनिधिसभाका ४९ र राष्ट्रियसभाका १३ गरी ६२ सांसदको प्रतिमहिना ७ लाख ४४ हजार रूपैयाँ लेबी काटिने गर्दछ।  

नेकपा एकीकृत समाजवादीले पनि १२ हजार रूपैयाँका दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभातर्फ २३ र राष्ट्रियसभातर्फ ४ जना गरी २७ सांसदबाट नेकपा एकीकृत समाजवादीले ३ लाख २४ हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले भने १५/१५ हजार रूपैयाँ लेबी तिर्ने गर्दछन्। जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका २१ र राष्ट्रियसभाका २ गरी २३ जना सांसदबाट ३ लाख ४५ हजार लेबी लिने गर्दछ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ १३ र राष्ट्रियसभातर्फ १ गरी १४ सांसदको २ लाख १० हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने आफूले पाउने पूरै रकम पार्टीको खातामा पठाउने गर्छन्। सांसदले पारिश्रमिकवापत ५५ हजार २ सय ३० रूपैयाँ पाउने गर्छन्।  

यसरी संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आफ्ना सांसदले पाउने पारिश्रमिकबाट पार्टीका लागि लेबी लिँदै आएका छन्। पहिला सांसदको तलब आएपछि पार्टीले सांसदबाट लेबी लिने गर्दथ्यो। तर, पछि संसद्को लेखा शाखालाई आफ्ना सांसदले पाउने पारिश्रमिकबाट लेबी रकम दलको खातामा पठाउन पत्र पठाएपछि संसद् सचिवालयले लेवीवापतको रकम दलको खातामा सिधैं पठाउने गरेको छ। तलब लिएपछि लेबी लिन पार्टीलाई कठिनाइ भएपछि दलहरूले सिधै खातामा जम्मा गर्न भनेका हुन्।

एमाले र माओवादी केन्द्रबीच एकता भए पनि एमालेका सांसदको लेबी रकम एमाले पार्टीको खातामा र माओवादी केन्द्रका सांसदको लेबी रकम माओवादी पार्टीको खातामा पठाउने गरिएको थियो। नेकपा विभाजन भई एमाले र माओवादी साविकमै फर्किएपछि पनि पार्टीका आ–आफनै खातामा पठाउने गरेको हो। एमालेभित्र राष्ट्रियसभाका मनोनित सांसद वामदेव गौतमको लेबी रकम भने दुई महिनादेखि कतै पनि पठाइएको छैन। असोजसम्म उनले एमाले पार्टीलाई लेबी बुझाएको देखिन्छ भने कात्तिकदेखि कुनै पार्टीलाई पनि लेबी बुझाएका छैनन्। स्रोतका अनुसार, गौतमले आफू एमालेमा नरहेको जानकारी गराएपछि उनको लेबी रकम कतै पठाइएको छैन।  

संसद् विघटनदेखि पुनःस्थापनासम्मको समयमा सांसदलाई एकमुष्ट रकम प्राप्त भएको थियो। त्यसवेला केही समय कुनै सांसदबाट पनि लेबी नलिएको नेकपा माओवादी केन्द्रलेपछि त्यसको क्षतिपूर्तिस्वरूप प्रत्येक सांसदबाट १८ हजारका दरले लेबी लिएको थियो। अहिले भने सो रकममध्ये ६ हजार घटाएर प्रतिमहिना १२ हजार रूपैयाँ मात्रै लिने गरेको छ।  

राजनीतिक दलहरूले लेबी रकम धेरै लिने गरेको कतिपय सांसदको गुनासो छ। ‘हामीले पार्टीलाई १२ हजार लेबी बुझाउछौं, राज्यलाई ११ हजारभन्दा बढी कर बुझाउँछाैं,’ एमालेका एक सांसदले भने, ‘कुनै कार्यकर्ता बिरामी परेमा उपचार खर्चसमेत दिनपर्छ। जिल्लामा गइरहनुपर्छ, त्यतिबेला पनि खर्च भइरहेको हुन्छ।’

लोकप्रिय
अर्को समाचार
कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
११ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन्। मल्ल एकीकृत समाजवादीका तर्फबाट, विक माओवादी केन्द्रका तर्फबाट र रोकाय नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।

प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन्।

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे। 

अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे।

कर्णाली प्रदेशसभाका ४० मतदाता मध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन्। यस्तै राप्रपाका एक मतदाता छन्। राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो। स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन्। गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिन्छ भने दलित र अन्यतर्फ गठबन्धनका एक–एक जनाले एमाले उम्मेदवारलाई भोट दिएको देखिन्छ। यस्तै अन्यतर्फ प्रदेशसभाका एक सदस्यले गठबन्धनलाई भोट दिएको देखिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस