सुनसरीमा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भएन सहमति, ३० गते मतदान
२७ कार्तिक २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सुनसरीमा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भएन सहमति, ३० गते मतदान

नेकपा एमालेको १४ औं महाधिवेशनको लागि प्रतिनिधि चयनमा एमाले सुनसरीले सहमति हुन नसकेपछि मतदान हुने भएको छ।

सुनसरीको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेताहरुबीच सहमति प्रयास असफल भएपछि शनिबार प्रतिनिधि कोटाभन्दा ४ गुणा बढीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। सुनसरीमा संस्थापन पक्ष र असन्तुष्ट रहेको जेठ २ पक्षको समूह रहेको छ।

संस्थापन पक्षमा पनि प्रतिनिधि हुन चाहने नेताहरु बढी भएपछि सहमति जुट्न नसकेको हो। शनिबार इनरुवास्थित पार्टी कार्यालयमा कूल ४२ जना महाधिवेशन प्रतिनिधि कोटा भएकोमा १८६ जनाले उम्मेदवारी दर्ता गराएको प्रारम्भिक तथ्यांक भएको एमाले सुनसरीको जिल्ला निर्वाचन अधिकृत विरेन्द्र बस्नेतले जानकारी दिए।

अधिकृत बस्नेतका अनुसार अब २ दिनसम्म दाबी विरोध र नाम फिर्ता गर्ने समय दिइनेछ भने कार्तिक ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ। एमाले सुनसरीले कार्तिक ३० गते प्रतिनिधि चयनको लागि हुने निर्वाचनको केन्द्र पनि तोकिसकेको छ।

निर्वाचन अधिकृत बस्नेतका अनुसार सुनसरी निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधि कोटा रहेकोमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी दिएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं २ मा खुलातर्फ ८ जनाको कोटामा ४१ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं ३ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी परेको छ। यसैगरि, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ। यसैगरि, दलित खुलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको छ। 

एमाले सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं १ मा ५५३७, क्षेत्र नं २ मा ७०३८, क्षेत्र नं ३ मा ५२३३ र क्षेत्र नं ४ मा ५३०५ मतदाता सदस्यहरु रहेका छन्। यस्तै, दलित मतदाता संख्या १६५२ जना रहेको छ।

जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक खेमराज पोख्रेलले भने २ दिनको समय भएकोले अझै पनि सर्वसम्मत प्रतिनिधि चयन हुने सम्भावना रहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा सहजीकरण गर्नको लागि नेताहरु जुटिसकेको पनि बताए।

लोकप्रिय
अर्को समाचार
महाधिवेशनका लागि पैसा उठाउँदै एमाले, सङ्गठित सदस्यबाट १०० रुपैयाँ
२५ कार्तिक २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
महाधिवेशनका लागि पैसा उठाउँदै एमाले, सङ्गठित सदस्यबाट १०० रुपैयाँ

नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ। एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिए। ‘महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौं’, उनले भने, ‘सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौं।’ एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ।

पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए। एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस