पहिलो संविधानसभा चुनावमा दशैभरिमध्ये गोरखाबाट अत्यधिक मतले डा बाबुराम भट्टराईले जिते। जुन चुनावले बाबुरामले गोरखा र गोरखाले बाबुराम दुबैलाई चिनाउने मौका दियो। समयकाल खण्ड अनुसार उनै भट्टराईले माओवादी छोडे। नयाँ शक्ति बनाउने अभियान थाले। भट्टराई अहिले नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा छन्।
पार्टी त्याग र ध्रवीकरणसँगै बाबुराम गोरखामा कमजोर भए भन्ने धेरैको आँकलन थियो। गोरखा नआउने र बाबुरामबारे नबुझ्नेले अहिले पनि विभिन्न टिप्पणी गर्दै आएका छन्। जसपाको सुज अभियानको दोस्रो दिनसम्म गोर्खाली जनताको बाबुरामप्रतिको माया र भरोसा उस्तै रहेको प्रष्ट संकेत गरेको छ। सुज अभियान लिएर जनताको घर–घरमा पुगेका बाबुरामलाई जनताले दिएको माया, साथ र विश्वासले भट्टराई खुसी देखिन्छन्।
सोमबार बाबुरामले ध्याल्चोक गोरखाबाट सुज अभियान सुरु गरे। सुज अभियानको पहिलो कार्यक्रम गण्डकी गाउँपालिकाको वडा नम्बर ८ वरफेरीमा भयो। त्यस कार्यक्रममा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो। यति मात्रै होइन, पहिलो दिनको गण्डकी गाउँपालिका तोरी स्वारा, वेनीगाउँ, रामपुर, दरबुङफाँटमा पनि यो या त्यो पार्टीका नेता कार्यकर्ता भन्दा पनि बाबुरामकै पक्षमा अथवा विकास र समृद्धिको पक्षमा खुलेर बाबुरामलाई हेर्न र सुन्न आएका थिए।
पहिलो दिन मात्रै होइन सुज अभियानको दोस्रो दिन गण्डकी गाउँपालिकाको वडा नम्बर ३, ४ ढकालगाउँ, ३ आमडाँडा, याङ्दी हुँदै सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ र भीमसेन थापा गाउँपालिकाको क्यामुङटार, पिपलटारमा देखिएको जनसहभागिताले बाबुरामप्रतिको पूर्ण भरोसा र आशा चित्रित हुन्छ। सँगै बसेर जनताको कुरा सुन्न घरघर पुगेका बाबुरामले विकास र समृद्धिलाई ध्यानमा राखेर जनतासँग साक्षात्कार गरेका थिए।
क्यामुङटारको पाटनदेवी माध्यमिक विद्यालयको चौरमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता दिलबहादुर कुमालले बाबुरामलाई जननेता भन्दै उनीमाथि गोर्खालीको भाग्य र भविष्य जोडिएको बताए। पाटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कुमालले स्थानीयको प्रतिनिधित्व गरेर बूढीगण्डकी आयोजना, त्यसले पार्ने प्रभाव, किसानका समस्यालगायतका विषयमा बोलेका थिए। कुमालले खुलेरै बाबुरामको प्रशंसासँगै रचनात्मक आलोचना पनि गरेका थिए।
यति मात्रै होइन, पुरानो पार्टीलाई बिर्सेर गोरखाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयले बाबुरामलाई विश्वास र समृद्धिको बाहकको रुपमा पनि हेरेका थिए। जनतासँग जोडिएको सम्बन्ध र जीवनशैलीले बाबुरामलाई गोर्खालीले अभिभावक र देशको अभिभावकको रुपमा पनि हेरेका छन्।
नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति गठन गरेको छैन।
यही मंसिर १ गते दुई पार्टीका शीर्ष नेताहरूले बैठक गरी माओवादी केन्द्र र नेसपावीच पार्टी एकीकरण गर्ने र पार्टी एकीकरणको लागि थप प्रक्रिया अघि बढाउन माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षता र नेसपाबाट नेसपा अध्यक्ष भट्टराईको अध्यक्षतामा उच्च स्तरीय वार्ता समिति गठन गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार नेसपाबाट उच्च स्तरीय वार्ता समिति गठन भइसकेको तर माओवादीबाट अझै वार्ता समिति गठन हुन नसकेको नेसपाका महासचिव रमेश यादवले बताए। ‘उहाँहरूबाट उच्च स्तरीय वार्ता समिति गठन नभए पनि कृष्णबहादुर महराको नेतृत्वमा गठित वार्ता समितिले काम गरिरहेको छ’यादवले भने,‘सम्भवत उहाँहरूले पनि चाँडै उच्च स्तरीय वार्ता समिति गठन गर्नुहुनेछ।’
माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नु अघि नै माओवादीले विधान अधिवेशन बोलाइ पार्टीको नाम फेर्नु पर्ने यादवले बताए। उनका अनुसार मंसिर १ गते बसेको बैठकमा माओवादीले पार्टीको नाम फेरेर नेकपा (समाजवाद) राख्ने सहमति भएको छ।
एक वर्ष अघि सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अघि नै माओवादी र नेसपावीच पार्टी एकीकरण गर्ने अनौपचारिक सहमति भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।