नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।
पार्टीले आधिकारिक लाइन तय गर्दा पार्टी कार्यकर्ता अलमलमा परेका छन्। कार्यकारिणी समितिको बैठकको अजेन्डा तय गर्न मंगलबार र बुधबार काठमाडौंमा जसपाका ५ शीर्ष नेताहरूले डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले छलफल गरेका थिए। सो छलफलले कार्यकारिणी समितिको बैठकका लागि तीनवटा अजेन्डा तय गरेको छ। पहिलो अजेन्डामा समसामयिक राजनीतिको विषयमा छलफल हुने, दोस्रो अजेन्डामा समायोजन र अन्य विविध विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने पार्टीका नेताहरूले जनाएका छन्।
नयाँ सरकार निर्माणको विषयमा जसपाका नेता दुई कित्तामा बाँडिएका छन्। जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ। एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छुट्टाछुट्टै यस्तो प्रस्ताव गरेका छन्। यसैगरी नेपाली कांग्रेसका नेताले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन्। जसपाका नेताहरू भने कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, यादवलगायत नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने अडानमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीरकणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन्।
‘संत्ता समीकरणको विषय संसदमा प्रवेश गरेकै छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छाैं।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयन विषयमा केन्द्रित भएको उनले जनाए। ‘अहिले हाम्रो प्राथमिकता जसपाले उठाएको मुद्दा कार्यान्वयनको विषयमा छ।
सत्ता समिरण्का हाम्रो प्राथमिकतमा रहेको छैन,’ महतोले भने। जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए। नेपाली कांग्रेसले केही दिन अघि माओवादी केन्द्र र जसपाका नेताहरूसँग बोलाई सत्ता समीकरणको विषयमा छलफल गरेको थियो।
उक्त छलफलमा कांग्रेस सभापति देउवाले केपी ओली नेतृत्वको सरकार ढाली आफ्नै नेतृत्वको नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेको थिए। उक्त प्रस्तावको बारेमा छलफल गर्न आइतबार जसपाको शीर्ष तहका नेताहरूको बैठक बसेको थियो। देउवाको प्रस्तावपछि पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग वार्ता गरेका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।