सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का
१० साउन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचार बढ्यो : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरू बढीरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताए ।

सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताए । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उनले बताए । महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूलाई धमाधम पूर्णता दिइरहेका छन । सभापतिमा निर्वाचित भएको लामो समयसम्म गठन हुन नसकेका विभागलाई देउवाले महाधिवेशन नजिकिँदै गर्दा पूर्णता दिएका हुन्। पार्टी आगामी महाधिवेशनको तयारीमा जुटिरहेका बेला सबै विभागका पदाधिकारीहरू सक्रिय हुन थालेका छन् । 

लोकप्रिय
अर्को समाचार
नजर नपुगेको अपराध ‘महिला हिंसा’ !
२८ जेष्ठ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नजर नपुगेको अपराध ‘महिला हिंसा’ !
जिल्ला प्रहरी कार्यालय रोल्पा। तस्बिर: दिनेश/नागरिक

रोल्पामा महिला हिंसाका घटना निरन्तर रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ३ सय ७७ घरेलु हिंसाका उजुरी दर्ता भएको छ। तथ्यांकअनुसार अधिकांश उजुरी श्रीमान्बाट हिंसा भएको देखिन्छ। सासु, ससुराबाट हुने हिंसा पनि ठूलो संख्यामा छ। घरेलु हिंसा जस्तै सामाजीक हिंसा पनि धेरै रहेको तथ्यांकले देखाएको हो।  

आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४० उजुरी दर्ता भएकोमा ८२ श्रीमानबाट र २४ सासु ससुराबाट हिंसा भएको छ। त्यसैगरी २०७८/०७९ मा दर्ता भएका उजुरीमध्ये श्रीमान्बाट ७४ र सासुससुराबाट २३ वटा हिंसा भएको छ। यो आर्थिक वर्षमा ९४ हिंसाका उजुरी दर्ता भएकोमा ५४ श्रीमान् र १७ सासुससुराबाट हिंसा भएको तथ्यांक छ।  

त्यसैगरी बलत्कारका घटना पनि डरलाग्दो रहेको देखिन्छ। २०७७/०७८ मा १७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा २०७८/०७९ मा १९ वटा जबरजस्ती करणीका थिए। यो आर्थिक वर्षमा १६ वटा बलत्कारका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसाल अघिल्ला दुई आर्थिक वर्षमा भन्दा यस वर्ष घटना कम भएको बताउँछन्। ‘यो वर्ष हिंसाका घटना अलि घटेको देखिएको छ,’ उनले भने, ‘जनचेतनाको माध्यमबाट घरेलु र सामाजिक हिंसाका घटना न्यूनीकरण गर्न सकिन्छ। जनस्तरमा जागरण हुनुपर्छ। चेतनाको अभावमा कतिपय घटना हामीकहाँ आउँदैनन्।’  

रोल्पामा आत्महत्या र भवितव्य घटना पनि बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। यो आर्थिक वर्षमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् भने भवितव्यमा परी २६ जनाले ज्यान गुमाएका छन्। प्रहरीको तथ्यांकअनुसार २०७४/०७५ यता हालसम्म ३ सय ९५ जनाले आत्महत्या गरेका छन् भने १ सय २६ जनाले भवितव्यबाट ज्यान गुमाएका छन्।  

गाउँका समस्या सिंहदरबारबाट देखिएन भन्दै घरछेउमा खडा भएका स्थानीय सरकारले महिला हिंसा, आत्महत्या जस्ता गम्भीर अपराधमा चासो दिने गरेको पाइँदैन। नीति कार्यक्रममा समेत गतिलो स्थान नपाउने यी विषयबारेमा कतिपय जनप्रतिनिधि नै उदार देखिँदैनन्। ‘महिलाले पनि अति गर्छन् र कुटाइ खान्छन्। घरमा मिलेर बस्नु प¥यो नि ?,’ एक वडाध्यक्ष भन्छन्, ‘श्रीमान् विदेश गएपछि यहाँ महिला छाडा हुन थालेका छन्।’ यी जस्तै केही जनप्रतिनिधिले खुला कार्यक्रममै पनि महिलाकै कारण हिंसा बढेको बताउने गर्छन्।  

सरकार सञ्चालन गर्न आएका जनप्रतिनिधि नै महिलाका सवालमा नकारात्मक देखिएपछि हिंसाका घटना घट्न नसकेका हुन्। सशक्तीकरण, शिक्षा र स्वास्थ्य जस्ता गम्भीर सवालमा राज्यका तर्फबाट आममहिलासम्म कुनै कार्यक्रम र योजना पुग्ने गर्दैन। मानसिक समस्या बढ्दै जाँदा आत्महत्याको संख्या वृद्धि हुनुले जनप्रतिनिधिलाई खासै फरक परेको पाइँदैन।  

केन्द्र र प्रदेश सरकार अनि सो मातहतका कार्यालयले स्थानीय सरकारतिर देखाएर पन्छिने र स्थानीय सरकार रनभुल्लमा पर्नु पनि सामाजिक समस्या समाधान हुन नसक्नुको एउटा पाटो हो। ‘जनप्रतिनिधिलाई सडक र पानी धारा मात्र विकास हो भन्ने लाग्छ।’ स्थानिय तहका एक कर्मचारी भन्छन् ‘सामाजिक र मानवीय विकासका सवालमा कसैलाई चासो नै छैन।’  

घर छेउँमा सरकार आएको ६ वर्षभन्दा बढी भइसक्दा पनि स्थानीयका समस्या पहिचान हुन नसक्नु दुखद् भएको स्थानीयको बुझाइ छ। त्यसो त रोल्पालगायत देशैभर महिला हिंसाका सवालमा उल्टै नकारात्मक कलंक बोक्नुपर्ने भएपछि धेरै घटना बाहिर आउँदैनन् भने बलात्कार जस्ता गम्भीर अपराधसमेत गाउँमा पञ्चभलादमी बसेर छलफल र दबाबबाट मिलाउने गरिन्छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस