'प्रचण्डलाई सत्ताको लत लागेको छ'
०५ असार २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
'प्रचण्डलाई सत्ताको लत लागेको छ'

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताको लत लागेको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

दाहालको व्यक्तित्व नै विरोधाभाषपूर्ण रहेको उल्लेख गर्दै विश्लेषक आचार्यले भने, 'अलिलि जनता देख्नुहुन्छ, अब म ०८४ सम्म सत्तामा जान्नँ भन्नुहुन्छ। यसो तराईतिर घुमेर १००/५० कार्यकर्ता देख्नुभयो भने अब म त प्रतिपक्षमै बस्ने हो भन्नुहुन्छ। फेरि काठमाडौं आउनुहुन्छ, उहाँमाथि दबाब पर्छ, सत्तामा नजाँदा त पार्टी कमजोर भयो, पार्टीभित्रैका गुटहरू बलियो हुन थाले भनेपछि फेरि सत्ताको चलखेलमा लागिहाल्नुहुन्छ। उहाँले लिने बाटोमा उहाँ आफैँ कन्फ्यूज हुनुहुन्छ।'

यसअघि उपनिर्वाचनताका दाहालले आफ्नो पार्टी र आफूप्रति केही जनविश्वास 'गेन' गरेको भए पनि अहिलेको दुई बुँदेसम्म आउँदा त्यो फेरि गुमेको आश्यको विश्लेषण आचार्यको छ।

'प्रतिपक्ष हो भन्नुहुन्छ, सत्तापक्षसँग गएर कसैले नबुझ्ने दुईबुँदे गर्नुहुन्छ। अर्कोतिर मध्यपहाडी लोकमार्गतिर जानुहुन्छ, कार्यकर्ता देखेपछि ओहो ! म त २०६४ को जतिकै प्रचण्ड भएँ भन्नुहुन्छ। त्यो बीचमा हो पनि, उपनिर्वाचनताका उहाँले केही गेन पनि गर्नुभएको हो, रिजल्ट पनि त्यस्तै देखिन्थ्यो। विद्यार्थी राजनीतिले पनि त्यही देखायो। तर, जब काठमाडौं फर्किनुहुन्छ, उहाँ र उहाँका वरिपरिका बढी सिंहदरबार बसेर हो कि के हो, बढी सत्ताको लत लागेको छ। जुवाडेलाई जुवाको लत हुन्छ, जँड्याहालाई जाँडको लत हुन्छ, उहाँलाई सत्ताको लतचाहिँ यस्तो लागेको छ कि उहाँले सत्ताको बाहेक अरु चलखेल गर्न सक्नुहुन्न। बाहिरै बसेको भएचाहिँ जनतासँग अलिक नजिक हुनुहुन्थ्यो कि,' उनले भने।

अर्को समाचार
के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?
०९ साउन २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?

मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेता छैनन् भन्ने गरिन्थ्यो। तर, प्रकारान्तरलेत्यो भनाइ झुटो साबित हुँदै गएको छ। पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा जबरदस्त रूपमा अध्यक्ष दाहालसँग आमने-सामने उभिन थालेका छन्। पार्टी वरीयताका हिसाबले पाँचौँ अर्थात् उपमहासचिव मात्रै भए पनि ‘गुटीय शक्ति’का हिसाबले भने माओवादीमा अब शर्मालाई कम आँक्न नहुने बोली बोलिन थालिएको छ।

जसै पछिल्लो समय दाहाल-शर्माका बीचमा सार्वजनिक मञ्चहरूमै ‘जुहारी’ चल्ने गरेको छ। ‘अब तपाईंले नेतृत्व छोड्नुपर्छ’ भन्ने शर्मा र ‘मैले छोड्दा बर्बाद हुन्छ’ भन्ने दाहालबीचको सवाल-जवाफलाई सबैले आ-आफ्नै सापेक्षातामा बुझेका होलान्। तर, स्वयम् दाहालले भने शर्माले आफूसँग ‘सिङ्गौरी’ खेल्न खोजेको रूपमा अर्थ्याएका छन्। असार ७ गते नेकपाका संस्थापक महासचिव पुष्पलाललाई सम्झिँदै दाहालले यही बोलेका छन्। 

‘अहिले पनि कति साथीहरूले ल त भनेर अलिलि सङ्गौरी खेल्न पाए हुन्थ्यो भन्ने जस्तो गर्नुभएको छ। उहाँहरुलाई म प्रशस्त सिङ्गौरी खेल्न दिएको छु। जति सिङ्गौरी खेल्न मन लाग्छ, खेल्नुस् भनेर दिएको छु। अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएरै हिँडे मैले। योभन्दा मैले गर्ने के हो ?,’ दाहालले भनेका छन्।

उसो त शर्माले अध्यक्ष दाहालमाथि नेतृत्व युवाहरूको हातमा सुम्पनका लागि दबाब बढाउने गरेका छन्- कहिले लिखित रूपमा त कहिले मौखिक रूपमा। शर्माले २०८१ साउनमा १४ पृष्ठको लिखित प्रस्ताव दर्ज गरेका थिए। साउन २६ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको उक्त प्रस्तावको सार थियो— दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने। प्रस्तावमा लेखिएको थियो, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने।’

त्यसयता शर्माले यही विषयलाई लिएर धेरै पटक र ठाउँ बोलिसकेका छन्। पार्टीका जवसहरूमा पनि उसैगरी आफ्नो बहुमत पुर्‍याउन थालेपछि दाहालले शर्माले आफूसँग सिङ्गौरी खेल्न खोजेको रूपमा व्याख्या गरेका हुन्। तर, शर्माले भने आफूले व्यक्ति केन्द्रित भएर प्रश्न गरिनरहेको बताउने गरेका छन्। उनले आफूले समग्रतामा विधि-प्रक्रियाको कुरा उठाएको दाबी गर्ने गरेका छन्। असार ६ गतेका काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यही दोहोर्‍याएका थिए। उनले भनेका थिए, ‘मैले कसैप्रति लक्षित गरेर विषयहरू उठाएको होइन। विधिको कुरा गरेको हो, प्रणालीको कुरा गरेको हो।’

दाहाल र शर्मा।
उसो त दाहाल र शर्माका बीचमा तीन वर्ष अगावै सार्वजनिक मञ्चमै सवाल-जवाफ भएको थियो। आठौं महाधिवेशनको आठ महिनापछि २०७९ भदौ २२ गते दाहालसँग शर्माको सार्वजनिक मञ्चमै भनाभन भएको थियो। अखिल क्रान्तिकारीले चुनावकेन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा दाहाल र शर्मा एक अर्काकाप्रति आक्रामक रूपमा प्रस्तुत भए।

कार्यक्रममा शर्माले दाहाललाई ‘म तपाईंको र माओवादीको कहिले हुन्छु’ भनेर प्रश्न गरेका थिए। लामो भूमिका बाँध्दै शर्माले भनेका थिए, ‘एमालेसँग एकता गर भन्नुभयो, गरेँ, केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्य गर भन्नुभयो, त्यो गर्न वार्ता गरेँ, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला, माओवादीको कहिले हुन्छु होला म? हुन पाउनुपर्‍यो नि। ४८ वर्ष भयो पार्टीमा लागेको, माओवादीको हुन पाउनु परेन म ? प्रचण्डको कहिले हुन्छु होला म? देउवाको, केपीको मात्रै भएँ। तपाईंको हुनुपरेन म?’

शर्माले त्यतिबेला पार्टीभित्र संघर्षको आवश्यकता देखेको, प्रश्न गर्नुपर्ने आवश्यकता देखेको बताएका थिए। तर, उनले यी प्रश्नभित्र कुनै दूराग्रह भने नभएको जिकिर पनि गरेका थिए। ‘त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र छ, न कुनै दुराग्रह छ, न नेतृत्वप्रतिको कुनै अपमानको कुरा छ। पार्टी बनाउने हुटहुटी छ, पार्टी निर्माण गर्ने हुटहुटी छ, पार्टी रूपान्तरण गर्ने हुटहुटी छ। इमानदार बन्न पाइँदैन यो देशमा ? यो पार्टीमा इमानदार बनेर बोल्न पाइँदैन?’

जवाफमा दाहालले अगाडि राम्रो कुरा गरे पनि पछाडि धारे हात लगाउनेहरू बढेको बताएका थिए। ‘प्रचण्डका अगाडि पर्दा सबैले मीठा र राम्रा कुरा गर्ने, महान् नेतृत्व भन्ने, कोठाबाट निस्केर गएपछि धारेहात लगाउनेको संख्या बढ्या छ। अब प्रभाकर (जनार्दन शर्मा) ले पनि मलाई यसो भन्यो र उसो भन्यो भनेर बढी भन्न जरुरी छैन। जुन कुरा टुंगिइसकेको छ, टुंगिइसकेको कुरालाई टुंगिएकै रूपमा बुझ्नु र त्यसलाई त्यसैगरी सम्प्रेषण गर्नु उचित हुन्छ,’ दाहालको भनाइ थियो, ‘कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भन्न जरुरी छैन।’

तर, यहाँसम्म आइपुग्दा दाहालले शर्माले आफूसँग सिङ्गौरी खेल्न खोजेको रूपमा व्याख्या गरेका छन्। शर्माले दाहालसँग सिङ्गौरी खेल्न खोजेका हुन् ? भनेर नागरिकले सोधेको प्रश्नको जवाफमा माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्, ‘त्यस्तो होइन, त्यस्तो भन्न पनि मिल्दैन।’ नेताहरू सुसंस्कृत भए ‘सिङ्गौरी’लगायतका शब्दहरू प्रयोग गर्नै नमिल्ने उल्लेख गर्दै न्यौपानेले भनेका छन्, ‘पार्टी, आन्दोलन र नेतृत्वका बारेमा गम्भीर समीक्षा र छलफल हुनुपर्छ भन्ने माग मलाई सही नै लाग्छ। जनार्दनले भनेको कुरा तिनै होलान्।

त्यसलाई सिङ्गौरी खेलेको रूपमा भन्न र बुझ्न नहुने न्यौपानेको भनाइ छ। राजनीतिक विश्लेषक हरि रोकाको भनाइ पनि यहीसँग मिल्दोजुल्दो छ। नेपालका कम्युनिष्ट पार्टीभित्र भिन्न मत राख्ने अधिकार ‘नभएको’ उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनभित्र भिन्न मत वा विविध विषयमा आफ्नो मत राख्ने अधिकार कति ? बितेका ३ दशकदेखि एमालेमा ओली, नेपाल र पोखरेलहरू र माओवादीमा प्रचण्ड एण्ड कम्पनीहरू सधैँ बहुमतमा रहे। पार्टी फुट्दै गए, असल राजनीतिज्ञ पाखा पारिँदै गए र चाटुकारहरूले पार्टी भरिए।’

यो पनि पढ्नुहोस्

प्रचण्डमाथि प्रभावी होलान् प्रभाकर?

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस