बल्ल हट्यो संसद् अवरोध
०७ भदौ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
बल्ल हट्यो संसद् अवरोध

एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधबारदेखि सञ्चालनमा आएको छ। सर्वदलीय बैठकमा सुनकाण्डबारे छानबिन गर्न दुई बुँदे सहमति भई उच्चस्तरीय छानबिन आयोग गठन गरिने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले लगातारको अवरोध खुलाएको हो। गत साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा पहिलोपटक एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न भन्दै सदन अवरुद्ध गरेको थियो। त्यसपछि बोलाइएका ११ वटा बैठकमा पाँचवटा बैठक अवरुद्ध भएका थिए भने पाँचवटा बैठक सूचनाबाट स्थगित भएका थिए।  

बुधबार बसेको बैठक मात्र सञ्चालन भएपछि सांसदले उच्चस्तरीय छानबिन आयोग गठन भए पनि सुन काण्डका दोषीलाई पक्राउ गर्नेमा आशंका व्यक्त गरेका छन्। अपराह्न चारबजे बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय मान्यता प्राप्त सात दलहरूबीच बुधबार भएको सहमति प्रतिनिधिसभालाई जानकारी गराएका थिए। ‘यसरी सहमति भएर एउटा सकारात्मक वातावरण बनेको छ । दलहरूको बीचमा, फेरि सहकार्य एकताको माध्यमद्वारा देश र जनताको हितमा काम गर्ने एउटा नयाँ सकल्प भएको छ,’ उनले भने । अवैध रूपमा गत साउन दुई गते तस्करी भएको सुनबारे छानबिन गरी प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले सुन तस्करीमा संलग्न व्यक्तिलाई अभियोजन गर्ने कुरा सहमति भएको छ  । साउन दुई गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करीको निष्पक्ष छानबिन गर्ने, यसको नियन्त्रण गर्न मौजुदा कानुनलाई परिमार्जन र संरचनागत सुधार गर्ने कुरामा सहमति भएको छ। साथै पटकपटकको सुन तस्करीबारे भएका छानबिनको पनि अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आगामी असोज छ गते आयोग गठन गर्ने सहमतिमा उल्लेख छ।  

प्रतिनिधिसभामा बैठकमा बोल्दै एमालेका नेता योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताए। उनले सिआइबीलगायत राज्यका सबै निकायप्रति एमालेले अविश्वास नगर्ने तर सरकारले ठीक ढंगले काम गर्न नदिएकोले आशंका उब्जिएको बताए। ‘ललिता निवासमा सिआइबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरूलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा यु–र्टन हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भीकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरू सरकारले सरुवा गर्दा आशंका पैदा भएको छ,’ भट्टराईले भने ।

सुनकाण्डमा सिआइबीमाथि दबाबः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकार कै उच्च अधिकारीदेखि पत्रकारसमेत संलग्न भएको सूचना आफूले पाएको बताए। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले दोषीलाई छुटाउन सिआइबीलाई दबाब दिनसक्ने आशंका व्यक्त गरे। उनले भने, ‘सुन आएको कुराबारे  महानिर्देशकले अहिले समातिएका दावा नाम गरिएको व्यक्तिकोे फोटोसमेत पठाएर तथा इमनदार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्। यसमा संलग्न विचौलियाबारे पनि मलाई जानकारी गराएका छन्।’

यसको समाचार लुकाउनको लागि लामो समयदेखि पत्रकारिता गरेको मान्छेसमेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखको पनि कुराकानी दावासँग भएको सूचना प्राप्त भएको छ। यसमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु,’  

लामिछानेले भने। उनले दावा नाम गरेको व्यक्तिसँग सुन तस्करबारे कुराकानी भएको उनको फोन रेकर्ड हेर्न सरकारसँग आग्रह गरेका छन्। उनले राजनीतिक परिवर्तनका लागि बावुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाए।  

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन प्रकरणमा छानबिनको लागि बनाउने भनिएको आयोगको प्रतिवेदन प्रतिवदेनमै मात्रै सीमित हुने आशंका व्यक्त गरे। उनले यसअघिको घटना स्मरण गर्दै प्रतिवेदनलाई प्रतिवेदनमा मात्रै सीमित नगराउन आग्रह गरे। ‘अहिले छानबिन गरिरहेका निकाय कुनै दल विशेषका होइनन्। हामी सबैले बनाएका निकाय हुन्। तीनको हामीले मनोबल गिर्ने काम नगरौं। देशमा सुशासन दिलाउन प्रतिबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो,’ उनले भने।  

एमालेका सांसद गोकुल बास्कोटाले आफूहरूले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको बताए। उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए। नेकपा समाजवादी केन्द्रका मेटमणि चौधरीले फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए। उनले सबै फाइल खोल्न चुनौतीसमेत दिए । 

अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस