राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छन्: नेता कार्की
२० माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छन्: नेता कार्की

नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दावी गरेका छन्।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्क समेत गरे। सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमती हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए।

उनले भने, ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमती हुन्छ भन्नु त्यो बालहठ हो। र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन। र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ।  त्यो व्यक्तित्व नेपाली कांग्रेस भित्रनै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु। त्यही कारणले हामीले प्रतिनिधिसभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दाखेरी हामीले विश्वासको मत दिएका हौं। म यहाँबाट भन्न चाहन्छु–नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ। नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन। नेपाली काँग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ।’

कांग्रेस नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए। कांग्रेसले सत्ता खोजेर नहिँडने तर त्यो आफैं आउने उनको बुझाई थियो।

लोकप्रिय
अर्को समाचार
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैनः सांसद कार्की
२१ असार २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैनः सांसद कार्की

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरुलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन्।

बहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने उनको भनाइ छ। सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषि प्रणालीकै लागि राम्रो नहुने बताए। उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरुलाई कारबाही गर्न आग्रह गरे।

उनले भने, ‘जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ। हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन। अहिले मलको छलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन। बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन। त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ। मललाई यो वा त्यो बहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन।’

सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमीनलाई सुख्खा जमीनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस