अप्रत्यासित रुपमा परेको वर्षाले कैलालीलाई तहसनहस बनाएको छ। वर्षासँगैको बाढीले धानबाली नराम्ररी प्रभावित भएको छ। बाढीले समग्र जनजीवन अस्तव्यस्त बनेको छ। अझ पनि बाढीको पिरलो कायमै छ। बाढीले बर्वाद बनाएको कैलालीका केही तस्बिरहरु :
तस्बिर: योगेश रावल




प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।
उनले बाढी प्रभावित क्षेत्रको निरीक्षणको बहानामा नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन लक्षित गरेर पश्चिम दौडाहमा निस्केका कतिपयको भनाइ छ। नेपाली कांग्रेसको आसन्न १४आौँ महाधिवेशनमा आफू निर्विकल्प सभापतिको उम्मेवदार हुन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने केहीको भनाइ छ। बाढी प्रभावित निरीक्षणका बेला पार्टी सभापति देउवाले कार्यकर्तामाझ असन्तुलित बनाएको वातावरणलाई सन्तुलित बनाउन यो दौडले महत्वपूर्ण भूमिका निर्वाह गर्न देखिन्छ। बाढी प्रभावितको बहानमा उनी कार्यकर्ता भेला गर्दै आएका छन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुर हुँदै बर्दियाबाट बाँके पुगेका उनी कार्यकर्ता भेलामा सहभागी भए।
उक्त कार्यकर्ता भेला पार्टीका वरिष्ठ नेता जिल्ला आउने हुँदा सोहीअनुसार आयोजना गरिएको थियो। सोमबार बाँकेस्थित नेपालगन्जमा भएको कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीलाई एकढिक्का नेतृत्वले नसेको संकेत गरे। बाँके आउनुभन्दा पहिला उनी बाढी प्रभावित क्षेत्रको निरीक्षणको बहानामा सुदूरपश्चिम प्रदेशका जिल्लामा कार्यकर्ता भेलालगायत भेटघाट कार्यक्रमहरुमा सहभागी भए।
‘उहाँ (वरिष्ठ नेता पाडेल) बाढी प्रभावित क्षेत्रमा आएको बहाना मात्र हो,’ एक नेताले भने, ‘उहाँ बाढी प्रभावित क्षेत्रभन्दा कार्यकर्ता भेटघाटमा बढी सक्रिय हुनुभयो।’ पार्टीभित्रै सभापतिका आकांक्षी धेरै भएकाले आफूनै सभापतिको उम्मेदवार भएको सन्देश दिन उनी दौडाहमा लागेको उनको भनाइ छ। पौडेल पार्टीको निर्णय नभइ आफूखुसी पश्चिम यात्रामा निस्केको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा निरीक्षण मात्र होइन महाधिवेशन लक्षित दोडका रुपमा पनि यसलाई हेरिएको छ। प्रधानमन्त्री तथा सभापति देउवाको निरीक्षण लगत्तै वरिष्ठ नेता पौडेलको निरीक्षणलाई अर्थपूर्णरुपले हेरिएको छ। आफ्नो गुटलाई मदबुत बनाउने यसले सकारात्मक भूमिका निर्वाह गर्ने नेता पौडेलको अपेक्षा छ।
वरिष्ठ नेता पौडेल सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। कञ्चनपुरको बेलौरामा सामान्य कर्ताकर्ता भेला भएको थियो । सुदूरपश्चिमबाट फर्केर वरिष्ठ नेता पौडेलले समयमै महाधिवेशन नहुँदा पार्टी संवैधानिक संकटमा परेको बताएका थिए। उनले पार्टी नेतृत्वको असक्षमताका कारणनै पार्टी यो संकटमा पुगेको संकेत गरे। साथै उनले आफू सभापतिको उम्मेदवार हुने खुलेर त भनेनन्, तर आफू नै आफ्नो समूहबाट एकमात्र सभापतिको उम्मेदवार भएको बताए। ‘धेरै साथीहरुले आकांक्षा गर्नुभएको छ,’ उनले भने, ‘तर हाम्रोबाट सहमतिमा एउटै सभापतिको उम्मेदवार हुन्छ।’
साथै उनले बाढीले ठाउँठाउँमा धेरै क्षति पुर्याएकाले सरकारले प्याकेजमा राहत उपलब्ध गराउनु पर्ने नेता पाडेलले बताए। ‘बाढीले जनताको खुसी लुटेको छ,’ उनले भने, ‘सरकारले दीर्घकालीनरुपमा क्षति न्यूनीकरण हुने गरी काम गरोस्।’ बाढी प्रभावित क्षेत्रको खेतखेतमा पुगेको निरीक्षण टोलीका एक सदस्यले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।