राहत वितरण
१० जेष्ठ २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
राहत वितरण

 डा. पुष्करराज भट्ट

डेरामा एक्लै बस्दाबस्दा थाकिसकेको थिएँ । एक पुस्तक पढेर आधा मात्र पु¥याएको थिएँ । बाहिर मानिस कराएको आवाज सुनें । सडक किनारको घर भएपछि यस्तै हो भन्ने ठानें ।

“राहत वितरण हुँदैछ ।” कसैले कराएको सुनें । कोठाबाहिर आएर हेर्दा पल्लो घरमा बस्ने म जस्तै डेरावाल हस्याङफस्याङ दौडिरहेको देखें ।

मैले सोधें, “कस्तो दौड हो भाइ ।”  

“पर विद्यालयमा राहत वितरण भइरहेको छ रे । मैले केहीबेर अघि थाहा पाएको ।” उसले यथार्थ बतायो ।

“त्यसो भए म पनि आउँछु ।” म पनि ऊसँग गएँ । हामी दुई त्यहाँ पुग्दा ठूलो भीड जम्मा भइरहेको थियो । मैले त्यहाँ आफ्नो डेरा वरपरका घरमालिक, व्यापारी, जग्गा दलालको भीड देखें । फाटफुट डेरावाल एवं विद्यार्थी थिए ।  

हामीलाई देख्नेबित्तिकै म बस्ने टोलको एक मानिसले सोध्यो, “आज कता हो भाइ ?” उसलाई सबै कुरा थाहा थियो तर पनि सोधिरहेको थियो ।

“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए ।  

“तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।

“म यस टोलमा बसेको दश वर्ष भयो । अझै यहाँको हुन नसकको रहेछु ।” मनमा यस्तै विचार आयो ।

“तपाईहरूको नागरिकता देखाउनुस त ?” हामी लाइन लागेर राहत वितरण हुने स्थानमा पुग्दा वितरक मध्येको एकले भन्यो ।  

“मेरो नागरिकता यता छैन, घरमै छ ।” मसँगको साथीले भन्यो ।

“त्यसो भए उतै गएर राहत लिने !” उसले थर्काउँदै भन्यो ।

मैले डराईडराई नागरिकता देखाएँ ।

“तपाईको त सुनसरीको नागरिकता रहेछ । हामीले त यताको नागरिकता हुनेलाई मात्र बाँडने हो ।” उसले नागरिकता फिर्ता दिंदै भन्यो ।

हामी चुपचाप त्यहाँबाट हिँड््यौ । राजधानीमा ठूल्ठूला महल भएका, स्थानीय व्यापारी, जग्गा दलाल राहत पाउन तँछाडमछाड गरेर नागरिक हुनुको परिचय दिइरहेका थिए ।

लोकप्रिय
अर्को समाचार
चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा
२२ कार्तिक २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।

ठुलो संख्यामा मानिसहरू प्रभावित बनेको र राहत सामाग्री निकै थोरै रूपमा ढिलो गरी जिल्ला पुगिरहेका कारण पीडितहरू मर्कामा परेका हुन्। भूकम्पबाट सबै भन्दा प्रभावित जाजरकोट र पश्चिम रुकुममा दर्जनौँ सङ्घसंस्थाले स्वास्थ्य सामाग्री, खाद्यान्न, अस्थायी बसोबासको लागि टेन्ट त्रिपाल लगायतका सामाग्री राहत स्वरूप वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ती संघ संस्थाहरू मनोपरामर्श सेवा, स्वास्थ्य सामाग्री, खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका सरसामाग्री थोरै मात्रामा मात्रै पीडितलाई वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

केही विदेशी आई एनजिओले त्रिपाल, खाद्यान्न, टेन्ट, कम्मल, म्याट समेत पीडित परिवारका लागि वितरण गरिरहेका छन्।

जाजरकोट जिल्लाका सहायक प्रजिअ हरिशचन्द्र शर्माका अनुसार युनिसेफ, स्विस दूतावास, प्लान इन्टरनेशनल लगायतले स्वास्थ्य साथै खाद्यान्न र टेन्ट त्रिपाल कम्मल, म्याट दिइरहेका छन्। ४२ वटा विभिन्न स्वदेशी र आधा दर्जन विदेशी संघ संस्था राहत सामाग्री सहित जिल्ला आएको उनले जानकारी दिए। ती सामाग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ।

राहत वितरण एकद्धार प्रणालीबाट गर्ने सरकारको निर्णय पछि जिल्ला प्रशासन कार्यालय अन्तर्गतको विपत् व्यवस्थापन समितिमा संकलन गरी प्रभावित क्षेत्रमा वितरणको संयोजन समेत कार्यालयले गरेको छ। ती सामाग्री सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काममा जिल्ला प्रशासन कार्यालयले संयोजन गरिरहेको हो।

‘राहत सामाग्री पर्याप्त आई नसक्दा पीडितहरू समस्यामा परेको छन्,’सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने । जिल्लामा ठुलो क्षति भएको र चिसो मौसमका कारण न्यानो कपडा त्रिपाल टेन्ट र पर्याप्त खाद्यान्न सामाग्रीको धेरै खाँचो रहेको उनले बताए।

भूकम्पबाट जाजरकोटमा मात्रै ९ हजार २४ घर पूर्ण क्षति हुँदा ६६ हजार परिवार विस्थापित छन्। १ लाख ७९ हजार ८ सय जना भूकम्पबाट प्रभावित छन्। पश्चिम रुकुममा १६ हजार ५ सय ७० घर पूर्ण क्षति भएको छ। भने ९ हजार ९ सय ६५ घर आंशिक क्षति भएको छ।

रूकुम पश्चिममा पनि १६ वटा विभिन्न संघ संस्थाले राहत वितरण गरेको सहायक प्रजिअ प्रवेश बडुवालले बताए।

अन्तर्राष्ट्रिय रेडक्रस, युनिसेफ, डब्लु एफएओ, युनिसेफ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले स्वास्थ्य सामाग्री, सेनेटरी प्याड, कीटनाशक औषधी, लगायतका सामाग्री राहत स्वरूप जिल्लामा वितरण गरिरहेको सहायक प्रजिअ प्रवेश बडुवालले बताए।

छ दिनअगाडि ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि १ सय ५७ जनाको मृत्यु भएको छ। २ सय ५६ जना घाइते छन्। भूकम्पले ९ सय ३७ वटा घर पूर्ण र २ हजार ९ सय ५४ घरलाई आंशिक क्षति पु¥याएको छ। जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो। सरकारले मृतकका परिवारलाई २ लाख, घरविहीन भएकालाई अस्थायी टहरा निर्माणका लागि ५० हजार र तत्काल राहत आवश्यक पर्ने परिवारलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको छ। 

भूकम्प प्रभावितको उद्धार तथा राहत र अस्थायी आवास निर्माणका लागि सरकारले ७ सय ४० प्रहरी, ३ सय ३४ जना सशस्त्र प्रहरी, र २ सय ६३ जना नेपाली सेना समेत जाजरकोट र रूकुम पश्चिम जिल्लामा परिचालन गरेको गृह मन्त्रालयले जनाएको छ। भूकम्पबाट जाजरकोट,रूकम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ बैतडी र जुम्ला प्रभावित छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस