नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै, आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उक्त सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला तीन सय ३० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाली सुनचाँदी बजारमा बुधबार सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० रुपैँया र चाँदी प्रतितोला १८५ रुपैँयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैँया र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैँया कायम भएको छ।
मंगलबार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।