आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ।
स्थानीय बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि यहीँ २९ माघ मंगलबारका दिन सुन तोलाको एक लाख ७० हजार २०० पुगेको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।